रिब्या भइन् फोटोजेनिक

काठमाडौं : रिब्या तण्डुकार आठ वर्षकी भइन्। उनी ग्यालेक्सी पब्लिक स्कुलमा कक्षा ३ मा पढ्छिन्। उनले लिटल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा फोटोजेनिक उपाधि पाइन्। त्यस्तै सिभिल मलमा भएको ट्यालेन्ट हन्ट प्रतियोगितामा डान्सतर्फ सेकेन्ड रनरअप भइन्। त्यहाँ उनले नगद १० हजार रुपैयाँ पनि हात पारिन्।

थाइल्यान्डमा भएको लिटल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा पनि उनी सेकेन्ड रनरअप भइन्। काठमाडौंमा भएको नेसनल किड्स अफ दी इयरमा उनी सेकेन्ड रनर अप भइन्। उनी गायन र नृत्यमा रुचि राख्छिन्। उनलाई भैरव डान्स, कुमारी डान्स मन पर्छ। उनी नेपाली र अंग्रेजी गीत गाउँछिन्।

उनी घरमै अभ्यास पनि गर्छिन्। आफैं युट्युब हेरेर नाच्न सिक्छिन्। उनी खाली समयमा कार्टुन् हेर्छिन्। पेन्टिङ गर्छिन् र साथीसँग खेल्न मन पराउँछिन्। उनलाई अभिनय गर्न मन पर्छ। रिब्या बाबासँग डराउँछिन् तर ममीसँग खुलेर कुराकानी गर्छिन्।

रिब्या प्रतियोगितामा सहभागी भएपछि आफू राम्रोसँग बोल्न र आफ्ना कुरा राख्न सक्ने भएको बताउँछिन्।