‘मेरि बास्सै’ बाट किन बाहिरीए बल्छि र राजु मास्टर ?

काठमाडौँ । चर्चित हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ का स्कृप्ट राईटर तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) लाई अब उक्त टेलिश्रृङ्खलामा देख्न नपाइने भएको छ ।

मेरीबास्सै मिडिया हबसँग विभिन्न कुरामा सहमति हुन नसेका कारण टेलिश्रृङ्खला ‘मेरी बास्सै’ बाट आफूहरु अलग भएको हास्य कलाकार तथा मेरी बास्सैका निर्देशक मरिचमान श्रेष्ठले जानकारी दिएका हुन् ।

‘मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे (माग्ने बुढा) तथा सिताराम कटेल (धुर्मुस) ले छोडेपछि हामी द्वाय राजु मास्टर र मेरो कथामा हामी आफैँले निर्देशन गर्दै आएको मेरी बास्सै मिडिया हबसँग विविध कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भएका छौँ’, आफूहरु अलग भएको जानकारी गराउँदै कलाकार श्रेष्ठले भने, ‘यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ।’

बल्छी ध्रुवे अर्थात् मरिचमानले दर्शकहरुका लागि छिट्टै बल्छी र राजुको भेषमा अर्को नयाँ कार्यक्रम लिएर आउने बाचा समेत गरेका छन् । अब आउने मंगलबारको मेरी बास्सैको भाग ५९५ बाट बल्छी र राजुमास्टरलाई देख्न पाइने छैन।