अपडेट : शव बोकेकाे हेलिकप्टर सुकेटारबाट काठमाडौंका लागि उड्यो

ताप्लेजुङ : ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ ।

खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको हो ।
बुधबार भएको दुर्घटनास्थलबाट बिहीबार बिहान मात्रै सबै शव ल्याएर बिहानैदेखि विमानस्थलमा राखिएको थियो । शव बाेकेकाे सेनाकाे हेलिकप्टर बिहीबार बिहानै काठमाडाैंका लागि उड्ने तयारीमा रहे पनि बाक्लाे हिमपातका कारण अहिले बल्ल काठमाडाैं प्रस्थान गरेकाे हाे ।