इयरफोनको प्रयोग धेरै गर्नुहुन्छ ? सावधान !

आजभोलिका युवा संगीत सुन्न इयरफोन प्रयोग गर्छन्। कतिपयले घण्टौँ पनि इयरफोन लगाइराख्छन्। यसो गर्नु कानका लागि ठीक होइन।

१ इयरफोन घण्टौँसम्म कानमा लगाउँदा यसले सुन्ने क्षमतामा प्रभाव पार्छ र कानसम्बन्धी विभिन्न समस्या निम्त्याउँछ।

२ लामो समयसम्म इयरफोन प्रयोग गर्नाले दिमागमा नकारात्मक असर पार्छ। इयरफोनबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक तरंगले कानसँगै दिमागमा पनि असर पार्छ।

३ इयरफोन लगाउँदा कानमा हावाको प्रवाह रोकिन्छ। जसले गर्दा कानमा विभिन्न किसिमका संक्रमण हुन सक्छन्।

४ धेरै समयसम्म इयरफोन प्रयोग गर्ने मानिसले स्पष्ट नसुन्ने समस्या देखिन सक्छ।