लिप लकको बासी फन्डा

फिल्म चलाउने बेलामा निर्माता÷निर्देशक अनेक फन्डा गर्छन्। हिरो–हिरोइनबीचका अनेक किस्सा बाहिर निस्कन्छन्। फिल्ममा दम नभएपछि यस्ता हल्लाको केही अर्थ हुन्न। तर, फिल्मकर्मी अझै यस्ता फन्डाका फ्यान हुन्।

घुमीफिरी त्यही गर्छन्, जुन बासी भइसकेको छ। जस्तो कि, ‘जानी नजानी’ले सार्वजनिक गरेको हिरो–हिरोइनको एउटा तस्बिर। निर्माण टिमले रिलिजको सँघारमा सुटिङका केही तस्बिर सार्वजनिक गरेको छ, जहाँ फिल्मका मुख्य कलाकार मनीष श्रेष्ठ र निरिशा बस्नेत लिप लक गरिरहेका छन्।

मिडियाले पनि दुईको फोटोलाई राम्रै विशेषणसहित प्रकाशित गरेको छ। तर, रिलिजको समयमा किस सिन तथा सेक्स सिन बेच्न खोज्ने निर्माता÷निर्देशकको पुरानै बानी हो। ‘जानी नजानी’ले पनि यही बेच्न खोजेको बुझन् गाह्रो छैन।

अनमोल केसी बेचिन गाह्रो भइरहेको समयमा यस्तो कुरा कसरी बिक्ला ? यस्तो प्रचारले फिल्म राम्रै भए पनि सस्तो बनाउँछ। निर्माता÷निर्देशकलाई यो कुरा कसले सम्झाइदिने ?