कोरियाको कमाईले नेपालमा मोजा कम्पनी खोलेका यूवा भन्छन – नेपाल फर्केर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुस !

गुरुदत्त न्यौपाने /सउल
दक्षिण कोरियामा ईपिएस मार्फत आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्केर आफ्नै देशमा केही गर्ने सोच बनाएका केही युवाहरु मिलेर मोजा उत्पादक कम्पनी खोलेका छन ।

मोजाका प्रकार

कोरियामा सिकेको सिपलाई सानै भएपनि आफ्नो देशमा लगानी गर्ने सोचले ति यूवाहरुले ‘ छिन्गु मल्टिपर्पोज प्राली ‘ को नाममा कम्पनी दर्ता गरी मोजा उत्पादनमा लागेका छन ।

मोजाजस्तो सानो चिजपनी भारत तथा चाईना बाट आयात गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नेपालमा नै बिभिन्न प्रकारका डिजाईनमा मोजा उत्पादन गर्न थालिएको सन्चालकहरुले बताएका छन ।

आफ्नो भनेको आफ्नै हो भन्ने मुल नाराका साथ उत्पादन गर्न लागिएको मोजाको नाम राईनो सक्स राखिएको छ ।जसमा अत्याधुनिक प्रबिधीबाट मोजा उत्पादन गरिएको लगानीकर्ता ले जनाएका छन ।

मौषमी मोजाहरु

कम्पनीमा स्कूल तथा कलेजका मोजा,बिभिन्न सिजन अनुसार जाडो र गर्मीका मोजा,स्पोर्ट्स मोजा लगाएत ग्राहकको आफ्नै डिजाईनमा समेत उत्पादन गरिने जनाएका छन ।

वैदेशिक रोजगारी आम नेपालीको बाध्यता भएतापनी विदेश धेरै बस्न नहुने तथा बिदेशमा कमाएको पैसा नेपाल फर्केर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिदै आफुले गर्न थालेको कामलाई सबैले साथ दिने कुरामा आशाबादी रहेको पनि बताएका छन ।