गर्मी बिदा अनि कोरियामा मैले जे देखेँ …….

सौल:याे पटककाे गर्मी बिदामा सउलमा रहेकाे “हानगल चर्च” मा बिशेष कार्यक्रम छ । तिम्रो के छ याेजना ? समय भए आउनु भनेर पास्टर खिमले गतहप्ता फाेन गरेका थिए । मैले हुन्छ म आउछु भनेर बाचा गरेकाे थिए । पास्टर खिमले मलाई असाध्यै माया गर्छन । म पनि बेला माैकामा उनकाे चर्चमा जाने गर्छु ।

बिदाकाे पहिलाे दिन सबेरै उठे । केही समय पछि अाफ्नाे पूर्ण तयारीका साथ नजिकै रहेकाे ट्रेन स्टेसनमा गएँ ।समयतालिका बोर्डमा यसाे हेरे रेल आउन पाँच मिनेट बाकी रैछ । दुई मिनेट बाकी छदाँ मान्छेहरु भटाभट आउन थाले र प्लेटफर्म टन्न भयाे। ठिक समयमा रेल अायाे ठिक समयमा हिडि हाल्याे। सबथाेक घडीको सुई अनुसार चल्ने ! समयसगै हिडेर नै यिनीहरुले यति धेरै बिकास गरेका हाेलान् ! सिटमा बसेर एकछिन घाेरिए के समयकाे यति धेरै दास बन्नु राम्रो हाे त ? हामी त समयमा यिनीहरू भन्दा अघि छाै । हामी २०७६ मा छाै जबकि यिनीहरु बल्ल २०१९ मा छन् ।

लेखक : माधब न्यौपाने

समयमा अघि भएतापनि हामी किन बिकासमा पछि ? फेरि प्रष्ट रुपमा देखिने यी ठुला-ठुला भवन , फराकिला सडक , मेसिनको अत्याधिक प्रयाेग बिकासका धाेतक हुन भने हामी नेपालीले कम बिकास गरेकाे झै लाग्दैन् । बिकास भनेकाे भाैतिक भन्दा बढि मानसिक हुनुपर्छ । मानसिक बिनाकाे बिकास आत्मबिहिन शरीर जस्तै हाे । करिब एक घन्टाको यात्रा पछि म सउल (काेरियाकाे राजधानी ) मा रहेकाे विशाल चर्च “हानगल”मा पुगे । चारैतिर ठुला ठुला प्रबेश द्वार खुल्ला छन् । एकछिन त अलमलमा परे कताबाट भित्र प्रस्थान गर्ने ! जेनतेन गरेर भित्र पसे आज आइतबार भएकाले भित्र काेरियन भाषामा प्रार्थना चलिरहेकाे थियाे।

आफु चाहिँ फुत्त बाहिर निस्केर सबै दृश्य अबलोकन गर्न तिर लागे ! चर्चकाे वरिपरि कति सफा ,शान्ति छ । सबै नवआगन्तुकहरुलाई स्वागतम छ । हाम्रा मन्दिरहरु किन त्यति धेरै फाेहाेर र अव्यवस्थित ? जति ठुलाे मन्दिर त्यति धेरै हल्ला जति ठुलाे मन्दिर परिसर त्यति धेरै फाेहाेर ! फेरि मन्दिरका ती ढाेकाहरु किन सबैका लागि खुल्दैनन् ! हिन्दुधर्मालम्बीहरु दिनहु दिन हरास हुनुकाे प्रमुख कारण यसकाे सर्बसुलबता नहुनु हाे जस्ताे पनि लाग्छ । हामी उहीँ परम्परागत मान्यतालाई अनुकरण गरिराखेका छाै । प्रसिद्ध उर्बु कविका पङ्तिहरु सम्झिन्छु ” सज कहदु यी विरह मन गर्तु बुरहा नमाने , तेरे बुद्धत के बुद्ध हाे गे पुराने “धर्म के हाे ! के हाे धर्म ! जीवन दर्शन ,ईश्वर प्राप्ति , गलत सहि , न्याय अन्याय मृत्यु पछिकाे जन्म ! म यहाँ धर्मका बारेमा धेरै गन्थन गर्न चाहानन् । त्यसैपनि गालिप ले भन्नुहुन्छ ,” बहुत गहिराई मे नजा गालिप डुब्जाहेगा ।”

एकैछिनमा सबै भक्तजनहरु प्रार्थन सकेर बाहिर निस्किन्छन् । पास्टर खिमले सबैलागि खाना खान नजिकैकाे रेष्टुरेन्टमा जान अाग्रह गर्नुहुन्छ । हामी सबै खाना खान थाल्छाै । कति धेरै समय लगाउछन यिनीहरू खाना खान हामी नेपालीमा त्यति धैर्य कहाँ छ ! पलेटि कस्याे सल्याप सुलुप पार्याे सक्कि हाल्याे फेरि खानलाई के नै हुन्छ र ! दाल ,भात भाग्य बलियाे भए दुई चार टुक्रा मासु त्यहि त हाे । मैले खाना खाईसके ! म भन्दा अगाडि सुरु गरेका एक जाेडी युवायुवतीले अझै अाधा खाईसकेका छैनन् । यिनीहरु खाना खान्छ कि एकअर्कालाई माया गर्छन ? म कर्के नजर लगाएर हेरिरहन्छु ।

मध्यान्ह १ कबजे हामी दाेङदेमुनमा रहेकाे सङ्ग्रालय अबलोकन गर्न जान्छौं । यस सङ्ग्रालयकाे भित्र बिबिध सस्कृतकला,मुर्तिकला ,चित्रकलाहरु छन् । यहि नजिकै बिबिध सास्कृतिक कार्यक्रमका लागि ३,४ वटा भवनहरु पनि छन् । याे पटक त्यस्ताे कुनै कार्यक्रम चाहि छैन । केहिछिन पछि म दाेङ्देमुन जसलाई हामी नेपालीले रत्नपार्क पनि भन्ने गर्छाैं त्यहाँ जान्छु । काेरियाकाे दाेङ्देमुन र सुवन यस्ताे ठाउँ हाे । जहाँ टेनिङ सेन्टरबाट छुटेका साथीहरु भेटिन्छन्। यी ठाउँहरुकाे छुट्टै बिशेषता छ । काेरियाकाे सबैभन्दा अाक्रषणकाे केन्द्र भनेकाे “लाेट्टे टावर ” र “सउल टावर” हुन् ।

आज हामी लाेट्टे टावर चढ्याै जुन १सय २३ तलाकाे छ । टावरकाे माथिल्लो तलाबाट फराकिलो सडकमा चम्किला कारहरु चिप्लेकाे , सडक छेउका फुटपाथमा युवायुवतीहरु हिडिरहेकाे , गाडीहरुमा यात्रीहरुले निधक्क सगँ यात्रा गरिरहेकाे देखिन्छ । कसैले कसैकाे बाटाे मिच्दैनन् । गाडीमा धक्कम धक्का ,नारिप्रति दुरब्यवहार केही छैन् किनकि २,३ मिनेटमा गाडीहरु आइरहन्छ्न ।खाली भएपनि शहर परिक्रमा गरिरहेका हुन्छन् । हाम्रो काठमाडौंमा किन यात्रामा अब्यवस्थित ? लुछा चुड , तानातान, ठेलमठेल , नारिप्रति अमानवीय व्यबहार ? मलाई गृह बिरहले च्यापन थाल्छ।

….बिदाकाे दाेस्राे दिन हामी “थेजन फादा ” (समुन्द्र) तिर लाग्यौं । सन्जाेक बस् पास्टर र म गाडीको एउटै सिटमा पर्छाै । उनलाई अङ्ग्रेजी भाषा पनि अाउने भएकाले यात्रामा रमाइलो हुनेभयाे भनेर म केही उत्साहित भए । थाहा भएकै कुराे हाे ! हामी नेपालमा डि:भि भरेर अमेरिका जाने सपना बुनेझै यिनीहरूले पनि देश बिदेश चार्दै हिड्ने चाहाना गरेका हुन्छन् ! सके जान्छन् नसके गुगलबाटै भएपनि त्यहाँको बारेमा बुझेका हुन्छन् । यी पास्टरले पनि नेपालकाे बारेमा बुझेका रैछन् । म भएतिर हेर्दै उनले भने , ” माधब तिम्रो देश साच्चै राम्रो छ ! माउन्ट एभरेष्टकाे देश ! बुद्ध जन्मेकाे देश ! जलस्रोतकाे दाेस्राे धनी देश ! म तिम्रो देश प्रति सारै आकर्षित छु ।” उनले फेरि थपे ,” बिश्वकाे धनी देश अमेरिका का केही मानिसहरु राेजगारका लागि चाईना मा छन् ! काेरियनहरु पनि अझै केही सङ्ख्यामा बिदेशमा छन् ।

” राेजगारका लागि बिदेश जानू नराम्रो हाेईन तर नेपालीहरु यति धेरै मात्रामा बिदेश जानुकाे मुख्य कारण के हाे ? मैले सहज रुपमा सरकारकाे समस्या भनिदिए । “नेपालमा काम गर्न सरकारले प्रतिबन्ध गरेकाे छ र ?” उनकाे गम्भीर प्रश्नले मेराे तिघ्रामा तिखाे सुईयाेले सुई राेपे जस्ताे भयाे । उनकाे देश पाे धनी छ , काम छ काम गरे अनुसार पैसा छ । मेराे देशमा त दश जनाकाे परिवारलाई नि एकलै ले काम गरेर पाल्नु पर्छ ! सरकारले काम गर्ने वातावरण नै सिर्जना गरेकाे छैन अब यसलाई प्रतिबन्ध नै त भन्नपर्ला नि ! मनमा यस्तै अनेक भाब उब्जिए तर उनलाई बुझाउने गरि कसरी भन्नू ?

म नबाेलि बसे ! उनले फेरि थपे ” देश सक्षम हुनु भनेकाे जनता सक्षम हुनु हाे । जनता सक्षम हुनलाई नीति बनाउने राजनेता पनि सक्षम चाहियाे । नेतृत्व सक्षम छान्नका लागि यता फेरि जनता सक्षम र बिबेकि हुन जरुरी भाे !” उनका कुरा आदर्श राजनीतिका लागि ठिक थिए तर मेराे देशमा त अलमल छ न राजनेता सक्षम न त जनता नै अब्बल ! एकैछिनमा हामी समुन्द्रमा पुग्छौं । म चाहिँ पाैडी खेल्दिन बरु त्यहाँको वातावरण अबलोकन गरि बस्छु। काेहि आफ्ना छाेराछाेरी सगँ रमाइरहेका छन् , काेहि जाेडीहरु एकान्तमा रमाइरहेका छन् । म चाहिँ समुन्द्रकाे दृश्य पछि बाहिर बजारतिर जान्छु ।

कति ब्यस्त शहर पुरुष भन्दा महिला ब्यस्त ! काेहि सरसमान त काेहीँ आफ्नो जवानी बेच्न ब्यस्त ! म नजिकै काे पसलमा बियर पिउदै रमिता हेरिरहन्छु । यहाँ अधिकार पनि कति किसिमका बालबालिका अधिकार , महिला अधिकार , पुरुषलाई त अधिकार चाहिदैन क्या रे ! अाफ्ना पशुलाई पनि अधिकार छ यहाँ । तर कस्ताे बिडम्बना “डाक्टरकाे घरमा बिरामी भने झै “यस्ताे बिकसित देशमा पनि ती रेल स्टेसन छेउछाउमा बस्नेहरुकाे अधिकार खाेई ?

बिदाकाे तेस्रो दिन चर्चकाे “एवरल्यान्ड पार्क ” जाने याेजना रहेछ । म चाहिँ बिदाकाे दिन धेरै नभएकाले उनीहरु सगँ बिदा भएर नेपालीहरुकाे अत्याधिक भिड हुने शहर “सुवन” तिर लाग्छु । अचानक नेपाली रेष्टुरेन्टमा आत्मीय मित्रहरू भाेजराज,गगन,दिपेन्द्र,दिपक,सागर,प्रकाश सगँ भेट हुन्छ । त्यहि रेष्टुरेन्टमा नाज,गान गर्दै रमाउछाै। एकै छिनमा हामी बाहिरतिर निस्किन्छाै । कसैले भन्छ, ” यी फुलहरु हेर्दाहेर्दै बिदाकाे समय बितेकाे पत्ताे हुन्न यार !”अर्काेले भन्छ ,” ओए! धेैरै फुल नहेर यता जेब खाली उता भाउजूको गाली !” फेरि अर्केले प्रश्न गर्छ,” छुसक नजिकिँदै छ फेरि अाउने हाेला नि ?” मेराे छेउमा हिडिरहेकाे सागरले मुसकुराउदै थप्छ,” फुल भएकाे ठाउँमा भमरा नअाई मान्लार !” म मनमनै हास्दै सबैकाे कुरा सुनिरहन्छु । यहाँको प्रशंसा याेग्य कुरा भनेकाे शान्ति सुरक्षा हाे ।

स्वदेशमा गाउँ त के शहर पनि सानाे बालककाे झै साझ पर्ने बितिक्कै बन्द भैहाल्छन् । काठमाडौंमा पनि ठमेल बाहेर अरु ठाउँ ८ बज्ने पछि चकमन्न हुन्छ । यहाँ १२ बजेसम्म त हामी पनि बरालिदै हिडिरहेका छाै । शान्ति सुरक्षाले नै भन्नू पर्छ यहाँ मध्यरातमा पनि महिला र युवती कन्याहरु अाफ्नाे काम सकेर वा रमाइलो गरेर हिडिरहेकाे हेर्न सकिन्छ । यहाँका युवतीहरुले पुरुषसगँ काधमा काध मिलाएर हामी कुनैपनि कुरामा पुरुष भन्दा कम छैनौं भनेर हिड्नु राम्रो हाे , तर नारिले पुरुष जस्तै बन्न पुरुषकाे लुगाई , खुवाईकाे अनुकरण गर्नु पर्छ र ?

वास्तवमा म त यिनीहरूकाे रुपमा कुनै साैन्दर्य पाउदिनँ ! ढलकमलक गरेर शरिरका विभिन्न अबेग हल्लाउँदै हिड्नुमा के सुन्दरता ? मैले पढेकाे छु । हाम्रा पूर्विय साैन्दर्य शास्त्र अनुसार ” सुर्क्षणा सुन्दरी हिड्दा पानीमा राजअम्स हिडेकाे आभास हुन्थ्यो “त्यस्तै हिडाई सुन्दरी “एलिभिया”काे थियाे जस्काे हिडाई देखेर सेक्सपियरले “Heaven wax on the earth ” लेखेका थिएँ । आजकालका युवतीहरुका हिडाईले स्वर्ग त धर्तीमा ओर्लदैनन बरु धर्ती नै सारा हल्लिन थाल्छ । सेक्सपियरले देखेकाे भए कुन्नि के लेख्ने हाेला ! मैले याे भनिरहदा केही आधुनिक नारिजातिलाई अपाच्य हाेला ! म बिबाद नगरि के भन्न चाहान्छु भने , लालुपातेकाे सुरिलाे बाेटले खयरकाे बाेट किन हुनु !”मातृजाति भएकाले प्रकृतिले पुरुषमा भन्दा नारिमा माया, स्नेह, ममता, सहनसिलता, काेमलता, लज्जा बढि मात्रामा प्रदान गरेकाे छ । यहि मातृजातिकाे मायाले नै सँसार अडिएकाे छ ।

…बिदाकाे अन्तिम दिन बिहानै पास्टरले अब आउने “छुसक”मा जेजुदाे जाने याेजना छ भनेर खबर पठाएका छन् । कति पहिले याेजना बनाउछन् यिनीहरू दुबै ७० नाघिसकेका छन् अझैपनि कति जागरिला ! हामी ६० काटेपछि मृत्युलाई पर्खेर बस्छाै । हाम्राे सरकारपनि आफ्ना नागरिकलाई ६० काटेपछि काम गर्न सक्दैनन् भनेर ५८ मै अबकास दिन्छ ।

एकपटक काठमाडौं -सुर्खेत रात्रिबस छेउमा बसेका एकजना सज्जनसगँ कुरा भएकाे सम्झन्छु , उहाँले मेराे पानीकाे बाेतल देखाउदै अलिकति पानी खान सकिन्छ भन्दा मैले पानीकाे बाेतल उहाँलाई दिएँ । बाेतलबाट पानी घटघट पिएर तृरिप्त भएपछि नारायण नारायण भन्दै उहाँले आखा बन्द गरेपछि मैले उहाँलाई साेधे, “तपाई बिरामी हुनुहुन्छ ? “हाेईन तर अब ६० लागिसकियाे भाइ उहाँले यसले भन्नू भएकि मानाै ६० लाग्नु कुनै पाप हाे । तर ६० त त्यति धेरै हाेईन मान्छे ८० हेर्छ नि आजभोली मैले भने ! हाेला उहाँले भन्नू भयाे तर अब धेरै बाचेरपनि के गर्नु छ र ! दुबै छाेराहरु काठमाडौमा सरकारी जागिरमा छन् , छाेरीहरुकाे पनि बिहे भैसक्याे । ज्वाईहरु पनि राम्रो जागिरमा छन् ।

तिनवटा नातिनतिना पनि छन् अब अरु के चाहिन्छ र ! कालले लगेपनि केही छैन् उहाँले यति भनेर अाखाँ चिम्म गर्नु भाे । आफ्नो ६० बर्षकाे उमेर सम्म पहिला आमाबुवाको चाहाना र त्यसपछि छाेराछाेरीकाे ईच्छा र अावश्यकताहरु पुरागर्दै बुढाकाे जिन्दगी गयाे । के कहिल्यै उनका व्यक्तिगत सपना, ईच्छा ,आकाङ्क्षाहरु पूरा भए हाेलान् ? यहि हाे हामी अाम नेपालीहरुकाे चाहाना छाेराकाे सरकारी जागिर , छाेरीकाे खान्तेपिन्ते परिवारमा बिहे अनि नातिनतिनाकाे बाेनस यति भएपछि ऊ धैर्यपुर्वक मृत्युकाे प्रतीक्षा गर्छ ।

मेराे मस्तिष्कले प्रश्न गर्छ, हरेक कुरामा सम्पन्न विकसित मुलुकमा हुदापनि किन मेराे मनले उहीँ गरिब नेपालकाे सपना देखिरहन्छ हँ ? किन नदेखाेस् त यहाँ बिरामी पर्दा तलाई के भयाे भनेर साेध्ने काेहि छैन् , चाडपर्व आउँदा जाउभने कतै ठाउँ छैन् , सगैबसे पनि साथीले नसाेधि कपाकप खादाँ आफुले घुटुक्क थुक निल्नुकाे बिकल्प छैन् अन्तरमनले जवाफ फर्काउछ ।

यस्तै यस्तै मस्तिष्क र मनकाे अन्तरद्वन्द्वमा लटपट्टिदै कम्पनीमा पुग्छु । जब फलामका चाङहरु आखाका दृश्यमा पर्छन अनि मन कस्ताे कस्ताे भएर आउछ,लाग्छ म त साच्चिकै काेरियामा पाे आइपुगेछु । यो लेख माधव न्यौपानेले लेखेका हुन। हाल उनी दक्षिण कोरियामा कार्यरत छ्न।