अबैधानिक रुपमा कोरिया बसेका थाईल्याण्डका कामदार यंगसान नदीमा मृत भेटिए,आफ्नै साथीलाई नियन्त्रणमा लियो प्रहरीले

सौल दक्षिण कोरिया
अबैधानिक रुपमा कोरिया बसेका थाईल्याण्डका ४० बर्षीय एक कामदारको यंगसान नदीको पुलनजिकै मृत भेटिएको छ ।बिहान ९ बजेको समयमा माछा मार्न भनेर ३ जना सहकर्मीको साथमा पुगेका थिए । उनि नदीको किनारामा पुगेको ३० मिनेटपछि गायव भएका थिए । नाजु पुलिस स्टेशनका अनुसार १० बजेर २७ मिनेटको समयमा प्रहरीमा साथि खोज्नको लागी अपिल गरेका थिए ।

उनका साथीहरुका अनुसार २ जनाले पुलबाट बल्छी थापिरहेको तर उ एक्लै पुल मुनि बल्छी थाप्न गएको तर केहि समय पछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेको जनाएका छन् । कोरियन भाषा राम्रोसंग बोल्न नजान्ने उनीहरुले प्रहरीलाई खबर गर्दा समेत के भएको भनेर पूर्ण जानकारी नभएको तर फोनको लोकेशन हेरेर उक्त ठाउँमा पुगेको उक्त उद्दार कार्यमा संलग्न प्रहरीले जनाएको छन् ।

प्रहरीमा अपिल प्राप्त भए लगत्तै प्रहरी घटनास्थलमा पुगेर खोजि कार्यलाई तीव्रता दिएको थियो । प्रहरीले दिउँसो ३ बजेर २७ मिनेट जादा पुलमुनिबाट मृतको शव भेट्टाएको थियो ।उनि २०१४ मा ६ महिने पर्यटक भिषामा कोरिया प्रवेश गरेर कोरियानै अबैधानिक रुपमा बसिरहेका थिए ।प्रहरीको थप अनुसन्धानका लागी उनीसंगै गएका २ जना साथीहरुलाई नियन्त्रणमा लिएको छ ।स्रोत न्युज १