दक्षिण कोरियामा स्वाइन फ्लूको सन्त्रास ,विमानस्थलमा कडाइ , इपिएस कार्यालयले निकाल्यो यस्तो सूचना

किशन गौतम /कोरिया , दक्षिण कोरियामा केहीदिन यता बङ्गुर बाट सर्ने अफ्रिकन स्वाइन फ्लूको सन्त्रास बढेको छ । गत मंगलवार फाजुको एक बङ्गुर फार्ममा ५ वटा बङ्गुर मरेपछी पहिलो पटक स्वाइन फ्लूको आशंका गरिएको थियो ।

परिक्षण पश्चात स्वास्थ्यकर्मीले उक्त कुराको पुष्टी गरेका थिए ।त्यसको लगत्तै इन्छन , किम्पो लगाएतका स्थानहरुमा पनि स्वाइन फ्लूको प्रकोप देखा परेको छ ।

पछिल्लो समय उक्त रोगले थप महामारी लिन थालेपछि स्वास्थ विभागले बङ्गुर फारम भित्र र बाहिर निस्किने गाडीहरुमा थप कडाइ गरेको छ । त्यस्तै विदेश बाट आयात हुने बुंगुर तथा मासुजन्य पदार्थमा थप कडाइ गरिएको बताएको छ ।

इपिएस कार्यालयले निकाल्यो सुचना

पछिल्लो समय कोरियाको इन्छन विमानस्थलले मासुजन्य पदार्थमा थप कडाइ गरेकोपछी इपिएस कार्यालय ग्वार्को ललितपुरले बर्जित गरिएका समान नलैजान भन्दै सूचना प्रकाशित गरेको छ ।

प्रायजसो नेपालीहरु कोरिया प्रवेश गर्दा मासुजन्य पदार्थ जस्तै सुकुटी , अचार , भुटेको मासु ,सिद्रा आदि ल्याउने प्रचलन छ । पछिल्लो समय विमानस्थलले थप कडाइ गरेसंगै उक्त बस्तु फेला परे जरिवाना तथा जेल सजाय समेत हुन सक्ने छ ।

इपिएस कार्यालयले निकालेको सुचना यस्तो छ ।

ईपिएस नेपाल कार्यालयले निकालेको आधिकारीक सुचना