दक्षिण कोरियाको राजदूतमा नेल्सन मण्डेलाकी छोरी

सोल- दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन ।गत अक्टोबर २ मा दक्षिण कोरियाको सोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरेकी थिइन् ।योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताएकी छिन।

दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट पारिन ।जेनानीले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने समाचारमा जनाइएको छ ।नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्ष पुगिन । यसअघि उनले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेकी थिइन् ।

दक्षिण कोरियामा अफ्रिकन स्वाइन फ्लूले महामारी लिन थालेपछी उच्च सतर्कता जारी

दक्षिण कोरियामा अफ्रिकन स्वाइन फ्लूले महामारीको रुप लिन थालेको छ । सोमबार उत्तर कोरियाको सिमा नजिकै मृत फेला परेको जंगली बनेलमा अफ्रिकन स्वाइन फ्लू भएको प्रामाणित भएपछी सरकारले उच्च सतर्कता जारी गरेको हो । त्यस्तै जंगली जनावरमा समेत स्वाइन फ्लू देखापर्न थालेपछी स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन सैनिक परिचालन गरी सम्पूर्ण जंगली बनेलहरु मार्ने कृषी मन्त्रालयले निर्णय गरेको छ ।

“नियन्त्रण भन्दा बाहिर रहेका जंगली जनावरले रोग छिटो फैलाउने सम्भावना उच्च हुन्छ ” एक सरकारी अधिकारीले भने । यो सहित कोरियामा स्वाइन फ्लूका कारण मृत भेटिएको बदेलको संख्या पाँचौ हो । यसभन्दा पहिला ख्याङ्गिदो तथा इन्छन क्षेत्रमा स्वाइन फ्लूका कारण १४ वटा बुङ्गुर मरिसकेका छन् । सरकारले प्रभावित क्षेत्रका बिभिन्न फारम बाट लाखौँको संख्यामा बुङ्गुर मारिसकेको छ ।