दक्षिण कोरियामा भर्खरै भुकम्पको धक्का महशुस !

गुरुदत्त न्यौपाने / सउल,

दक्षिण कोरियामा भर्खरै भुकम्पको धक्का महशुस गरिएको छ।

कोरियाको ख्यङ्गसाङ्ग प्रान्तको दक्षिणी भाग छाङ्न्यङ्गमा करिब ३.४ म्याग्निच्यूडको धक्का महशुस गरिएको कोरिया मेट्रोलोजिकल यूनिट ले जनाएको छ।३ बजेर ३७ मिनेट जाँदा गएको भुकम्पको ईपिसेन्टर छाङ्न्यङ बजारबाट करिब १५ किलोमिटर नजिक थियो ।

कोरियाको दक्षिणी दुर्गम भेग ख्यङ्गसाङ्ग प्रान्तको छाङ्न्यङ सहरबाट १५ किलोमिटर दुरी तथा ११ किलोमिटर गहिराईमा उत्पन्न भएको sesmic activity का कारण भुकम्पको धक्का महशुस भएको के.एम.ए ले जनाएको छ।

“ख्यङ्गसान तथा नजिकैको छल्ला प्रान्त,बुसान उल्सान तथ थेगु सम्म भुकम्पको धक्का महशुस भएको थियो।” के.एम.ए अधिकारीले बताए।

भुकम्पबाट के कति क्षति भयो भन्नेबारे अझैसम्म रिपोर्ट आईनसकेको बताउदै त्यस क्षेत्रमा घटनाको रिपोर्ट बुझ्ने काम भईरहेको ले बिस्तृत बिबरण केही समय पछाडी थाहा हुने जनाएका छन।

कोरियामा जाडो शुरु,सउलको आजको तापक्रम शुन्य डिग्रीमा झर्यो।

गुरुदत्त न्यौपाने /सउल
दक्षिण कोरियामा जाडो मौषम शुरु भएसंगै तापक्रम घटदो क्रममा रहेको छ।यो सिजन सुरु भएसंगै आजको सउलको तापक्रम शुन्य डिग्री मापन गरिएको कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन (के.एम.ए) ले जनाएको छ।सउल र यस आसपासका क्षेत्रमा आईतबारको तापक्रम शुन्य डिग्रीमा झरेको थियो।आईतबार बिहान फाजु तथा सुवन क्षेत्रमा तुसारो परेको थियो।

कोरियाको मौषम विज्ञान बिभागले जनाएअनुसार सउल तथा सुवनको दक्षिणी भेगमा बिहान शित परेसंगै त्यहाँको तापक्रम शुन्य डिग्री मापन गरिएको थियो ।

गत बर्ष अक्टोबर १२ मा सउलको तापक्रम शुन्य डिग्री मापन गरिएको थियो भने यसपल्ट करिब १५ दिन ढिला भएको के.एम.ए ले बताएको छ।

सोमबार बिहान ख्यङ्गिदो का बिभिन्न ठाउँहरुमा शितलहर संगै केही ठाउँहरुमा बरफ जम्ने के.एम.ए ले जनाएको छ।शितलहर लाग्ने भएसंगै सोमबार बिहान अत्यधिक चिसो हुने संकेत देखिएकोेले न्यानो कपडा तथा तातो पदार्थहरु सेवन गर्न सुझाईएको छ।