कोरियाली शान्तिका लागि समर्थन गर्न आग्रह

एशिया प्रशान्त क्षेत्रका समाचार समितिहरु संस्था (ओना)को साधारणसभा गणतन्त्र कोरियामा शुरु भएको छ ।नेपालको एकमात्र समाचार समिति रासस ओनाको सदस्यको हैसियतले सो साधारणसभामा सहभागी छ ।साधारणसभाको कोरियाका राष्ट्रपति मुन जे इनले साधारणसभामा सहभागी हुन पुगेका समाचार समितिका प्रतिनिधिलाई स्वागत गर्दै कोरियाली शान्ति

प्रक्रियामा निरन्तर ध्यान दिन र समर्थन गर्न आग्रह गरे ।राष्ट्रपतिको कार्यालय छङ्गवादे आयोजित बैठकमा उहाँले कोरियाली प्रायःद्वीपको शान्ति शान्तिकामी समुदायको सहसमृद्धिको प्रस्थान विन्दु भएको बताए । नेपालको समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) सहित एशिया प्रशान्त क्षेत्रका ३२ देशका समाचार समिति साधारणसभामा सहभागी छन् ।

ओनाका अध्यक्ष अस्लान अस्लानोभले ‘पत्रकारिताका नयाँ चुनौतीहरु – प्राविधिक प्रवत्र्तन र विश्वासका विषयहरु’ विषयमा आयोजित साधारणसभा दक्षिण कोरिया जस्तो सूचना प्रविधिको शक्ति राष्ट्रमा हुनु उपयुक्त छनोट भएको बताए ।

सभाले कोरियाली प्रायः द्वीपको स्थायी शान्तिमा सक्रिय समर्थन गर्ने प्रतिबद्धताका साथ सिउल घोषणापत्र २०१९ जारी गर्नेछ । सन् १९६१ मा क्षेत्रीय समाचारको आदानप्रदान प्रवद्र्धन गर्न युनेस्कोको पहलमा स्थापित ओनाको साधारणसभा हरेक तीनतीन वर्षमा हुने गरेको छ ।

ओनामा एशिया प्रशान्त क्षेत्रका ३५ राष्ट्रका ४३ समाचार समिति आबद्ध छन् । राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ सभामा सहभागी छन् ।