कृषिमा युवा जोस, एकै सिजनमा १० लाखको सुन्तला

पाल्पा÷युवाहरुको समुहले सुरुवात गरेको कुशुम ग्रामिण कृषि युवा फर्म रिब्दिकोट ५, कुशुमखोला पाल्पाले सक्रिय रुपमा काम गरिरहेको फर्मका अध्यक्ष सुरेश ढकालले बताउनु भएको छ । उहाँले अहिलेको सिजनमा मात्र २ सय क्विन्टल बढी सुन्तला बिक्रि गरिने बताउनु भयो फार्ममा ४०० बढी बोटका सुन्तला दैनिक १५ जनाले टिपिरहेका छन्,’ अध्यक्ष ढकालले भन्नु भयो,

‘यो ठाउँ अत्याधिक सुन्तला फल्ने ठाउँ हो, हामी छिमेकी हरुको सुन्तला पनि खरिद गरेर बजारमा पठाउने तयारीमा छौं ।’ कुशुम फार्मबाट मात्रै यो बर्ष करिब १० लाखको सुन्तला बिक्रि हुने ढकालले बताउनु भयो ।फार्मबाट सुन्तला काठमाडौँ स्थित कालिमाटी फलफुल तथा तरकारी बजारमा पठाइने फार्मका कोषाध्यक्ष कृष्ण कार्कीले बताउनु भयो ।

१० जना युवा मिलेर सुरु गरेको कुशुम फार्ममा अहिले पाँच हजार लोकल कुखुरा पालिएको छ । बोयर जातका १ हजार बाख्रा पालनको लागि संरचना निर्माणको काम भइरहेको फार्मका ब्याबस्थापक राजेन्द्र पाण्डेले जानकारी दिनु भयो निकट भविस्यमै फार्ममा टर्की, कालिज र कडकनाथ पाल्ने तयारि भैरहेको पनी उहाँले जानकारी दिनु भयो । फार्मले होमस्टे संचालनको लागि समेत तयारि गरिरहेको बताइएको छ ।