दक्षिण कोरियामा एघार बर्षमा १ सय २३ नेपालीको मृ’त्यु

काठमाडौं– एघार बर्षको अवधिमा दक्षिण कोरियामा १ सय २३ नेपालीले ज्या’न गुमाएका छन् ।बैदेशिक रोजगार बोर्डको सचिबालयले उपलब्ध गराएको तथ्यांक अनुसार रोजगारी लगायत विभिन्न उद्धेश्यले दक्षिण कोरिया पुगेका ती नेपालीहरुले हृदय’घात, सडक दुर्घट’ना, कार्यस्थलमा दुर्घ’टना र आत्मह’त्या जस्ता कारण ज्यान गुमाएका हुन् ।

तथ्यांकलाई आधार मान्ने हो भने कोरियामा बार्षिक ११ जना भन्दा बढी नेपालीको ज्यान जाने गरेको हो ।बोर्डको तथ्यांक अनुसार बैदेशिक रोजगारीमा गएका नेपाली मध्ये मलेसियामा सबैभन्दा धेरै नेपालीको मृ’त्यु भएको छ । त्यहाँ ११ बर्षमा २ हजार ९ सय बढीले ज्यान गुमाएका छन् ।
त्यस्तै साउदी अरेबियामा २ हजार २ सय, कतारमा १५ सय ५०, युएईमा ७ सय, कुवेतमा २ सय ७५ ले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा अधिकांश हृदय’घात, सडक दुर्घट’ना, कार्यस्थलमा दुर्घ’टना र आत्मह’त्या जस्ता कारण मुख्य रहेको बोर्डले जनाएको छ ।
साथै, त्यहाँको हावापानीको अनुकुलता नमिलेर पनि मृ’त्यु हुने गरेको बोर्डका सुचना अधिकारीले जनाए ।