दक्षिण कोरियामा कोरोनाका कारण ७५ को मृत्‍यु, ८ हजार १ सय ६२ जना संक्रमित, कहाँ कती संक्रमित छन, यहाँ हेर्नुहोस्:

सुनील के.रानाभाट,सोल: दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।अहिलेसम्म ८ हजार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। सबै भन्दा धेरै संक्रमण थेगुमा ६०३१ जना रहेको छ भने राजधानी सउलमा २४७ जना संक्रमित छन । यो तथ्यांक समाचार तयार पार्दा सम्मको मात्र हो ।

गत जनवरी २० तारीख़देखी देखीएको कोरोना भाईरस फेब्रुअरी १८ सम्म सामान्य रहेपनी १९ तारीख़ देखी संक्रमितको संख्या हवात्तै बढदै गएको हो। संक्रमित हुनेहरु मध्ये आधाजसो देगु शहर स्थित चर्चका सदस्य, तिनका आफंतहरू र तिनले भेटेका ब्यक्तिहरू रहेका छन ।

शनिवार संक्रमित हुनेहरूको संख्या ८०८६ रहेकोमा आज ७६ जना बढेर ८१६२ पुगेको छ । पहिलेको तुलनामा संक्रमित दर घटदै गएको छ। अहिलेसम्म संक्रमित भनीएका ८१६२ जना मध्ये निको भएर घर फ़र्किसकेका ८३४ र मृत्यु भएका ७५ गरी कुल ९०९ जना समेतको संख्या हो । चालु अवस्थाका संक्रमितको संख्या ७२५३ रहेको छ जसमध्ये ७१९४ जना सामान्य अवस्थाका छन भने ५९ जना जटिल अवस्था रहेको छ।

अहिले सम्म कुनकुन क्षेत्रमा कती संक्रमित छन त, यहाँ हेर्नुहोस: सउलमा:-२४७,इनछन:-३०,ख्यंगगिदो:-२११,सेजोंग:-३९,देजन:- २२,छुंगनाम:-११५,जनबुक:-७,ग्वानजू:-१६,जननाम:-४, खांगवानदो:-२९,छूँगबोक:-३१,ख्यंगबुक:-११५७,देगु:-६०३१,ख्यंगनाम:-८५,उलसान:-२८,बुसान:-१०६,जेजु-४ जना रहेका छन।

कोरोनाका कारण चिनमा ८०,८३४ संक्रमित मध्ये ३१८९ जनाको मृत्यु भएको छ, त्यसैगरी इटालीमा १७,६६० संक्रमित मध्ये १२६६ जनाको मृत्यु भएको छ। इरानमा ११३६४ संक्रमित रहेकामा ५१४ जनाको मृत्यु भएको छ,स्पेनमा ४२३१ संक्रमित मध्ये १२० जनाको मृत्यु भएको छ । फ़्रान्समा ३६६१ संक्रमित मध्ये ७९ जनाको मृत्यु भएको छ।

त्यसैगरी जर्मनीमा ३०६२ संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ भने स्विजरल्याण्डमा ११२५ संक्रमित मध्ये ८ जनाको मृत्यु भएको छ। त्यसैगरी संयुक्त राज्य अमेरिकामा २०३४ संक्रमित मध्ये ४४ जनाको मृत्यु भएको छ। नेदरल्याण्डमा ८०४ संक्रमित मध्ये १० जनाको मृत्यु भएको छ भने यूनाइटेड किंगडममा ८०२ संक्रमित मध्ये १० जनाको मृत्यु भएको छ। जापानमा ७१६ संक्रमित मध्ये २१ जनाको मृत्यु भएको छ भने जापान क्रुजमा ७०६ संक्रमित मध्ये ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कुल संक्रमित १ लाख ४४ हजार २८३ रहेको छ भने ५ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ।