आज वि.सं.२०७६ साल चैत्र ०५ गते बुधबारको राशिफल

वि.सं.२०७६ साल चैत्र ०५ गते । बुधबार । ईश्वी सन् २०२० मार्च १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– नवमी,०३ घडी ४७ पला,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त दशमी । नक्षत्र– पूर्वाषाढा,२६ घडी २८ पला,बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त उत्तराषाढा । योग– वरियान,२३ घडी १५ पला,

दिउसो ०३ बजेर ३० मिनेट उप्रान्त परिध । करण– गर,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर ३७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु,बेलुकी १० बजेर ५६ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ०६ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान २९ घडी ०३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धार्मिक तथा अध्यात्मिक चेतानाले समाजसेवामा मन जागृत हुनेछ । लामो दुरिको धार्मिक यात्रा हुनेछ । सरकारी क्षेत्रमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईको काम गर्दिनाले अन्य काममा हात हाल्न सकिनेछ । खोजीमुलक क्षेत्रमा समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानपानको समय नमिल्नाले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । पहिलेका समस्या पुनह बल्झनाले र गोप्यता बाहिर आउनाले मान सम्मानमा कमि हुनेछ । आफन्त तथा दिदिबहिनीहरुको सहयोग नपाईनाले गर्न आटेका कामहरु थाति रहनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सि तथा बिलाशि बस्तुको व्यापारबाट मनग्गे आम्दानि हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि बढाउँन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ । उपहार तथा भौतिक सम्पति हातलागि हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । व्यावस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ । अदालती निर्णयहरु तपाईकै फैसला हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धन भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासय फस्टाएर जाने हुनाले दैनिक आम्दानिमा बढोत्तरि हुनेछ । आफ्ना भनाईहरु जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय फलदायि रहनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना कमिकमजोरि सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारि माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउँनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिज्ञको लागि समय राम्रो रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन आम्दानिका स्रोहरु बढाउँन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायमा लगानी गरि भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।