यसरी उडे अस्ट्रेलियनहरु नेपालबाट !

नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिकलाई नेपालका लागि अस्ट्रेलियन दूतावासको संयोजनमा बुधबार जहाज चार्टर गरी स्वदेश फिर्ता गरिएको छ।नेपाल एयरलाइन्सको वाइड वडी जहाज चार्टर गरी २ सय ५७ जना नेपालबाट उडेका हुन्। तीमध्ये ३० जना न्युजिल्यान्डका नागरिक रहेको नागरिक उड्यन प्राधिकरणले बताएको छ।नेपालमा कोरोना संक्रमणको त्रासमा लकडाउन

सुरु भएपछि यहाँ रहेका आफ्ना नागरिकलाई अस्ट्रेलियन दूतावास स्वदेश फिर्ता गरेको हो। नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले त्यहाँका नागरिकहरु जहाज चढी प्रस्थानका लागी तयार रहेको फोटो ट्विटरमा सार्वजनिक गर्दै उनीहरुको शुभयात्राको कामना गरेका छन्।उनीहरुको धैर्यता र रमाइलो व्यवहारको समेत उनले प्रशंसा गरेका छन्।

‘गुडबाई नेपाल। हेलो ब्रिसबेन अस्ट्रेलिया। यो सबै काम गर्न संलग्न नेपाल र अस्ट्रेलियाका सम्पूर्णलाई धन्यवाद,’ उनले लेखेका छन्।नेपाल वायुसेवा निगम इतिहासमै पहिलोपटक राष्ट्रिय ध्वजावाहक जहाज यसरी सिधै अस्ट्रेलिया उडेको हो।