कैलालीमा देखियो थप एकमा कोरोना संक्रमण, १३ पुगे संक्रमित

काठमाडौं,१ बैशाख । कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो । क्वारेन्टाइनमा राखिएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । स्रोतका अनुसार

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलालाई कोरोना पोजेटिभ देखिएको हो ।र्यापिड टेस्टमा नेगेटिभ देखिएको उहाँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । काठमाडौंबाट गएको टोलीले २५ गते र्यापिड टेस्ट मार्फत ४४ जनाको स्वाब परीक्षण गरेको थियो ।

चैत ९ गते वीरगञ्जबाट उहाँसहित १७ जना लम्की चुहा नगरपालिकामा आएका थिए । स्रोतका अनुसार सरकाले यसको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ । यसअघि शनिबार वीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।