कोरियाली मोवाइल फोन निर्माता कम्पनि एलजीले आगामी महिना आफ्नो बहुप्रतिक्षित स्मार्टफोन बजारमा ल्याउने

सोल-कोरियाली मोवाइल फोन निर्माता कम्पनि एलजीले आगामी महिना आफ्नो बहुप्रतिक्षित स्मार्टफोन बजारमा ल्याउने भएको छ । फ्ल्यागसिप उपमा दिइएको सो फोन कम्पनिको बहुप्रतिक्षित प्रोजेक्टका रुपमा हेरिएको छ । एलजी भेलभेट नाम दिइएको सो फोन अन्य फेव्रिक फोनहरु भन्दा फरक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिले निकालिने गरिएका जी

अथवा भी सेरिजका फोन भन्दा पृथक तरिकाले नामाकरण गरिएको यो फ्ल्यागसिप स्मार्ट फोन अन्य सेरिजका फोनहरु भन्दा विलकुल फरक रहेको कम्पनिले जनाएको छ । कम्पनीले यो स्मार्ट फोनलाई क्याची फोनका रुपमा पनि लिएको छ । स्मार्ट फोनको बजार खासै बिस्तार हुन नसकेको एलजी कम्पनीका

लागि यो स्मार्ट फोन कोषे ढुङ्गा सावित हुने कम्पनिको दावी रहेको छ । डिजाइनमा ब्यापक परिमार्जन गरिएको सो फोनमा राउण्ड किनारा भएको डिस्प्ले तथा गुणस्तरिय ग्रीप राखिएको छ । अन्य बिशेषता सार्वजनिक नगरिएको सो फोनको मूल्य १० लाख वन भन्दा कम हुने अपेक्षा गरिएको छ । Hotpati