अष्ट्रेलियामा सेल्फ आइसोलेसन तोडेर गलफ्रेण्ड भेट्न गएका युवकलाई जेल सजाय

कोरोनाको सेल्फ आइसोलेसन तोड्दा अष्ट्रेलियाको पर्थमा एक युवकलाई जेल सजाय भएको छ । आइसोलेसन तोड्न जेल जानु परेको अष्ट्रेलियामा यो पहिलो घटना हो ।पर्थ एक होटलमा आइसोलेसनमा बसिरहेको समयमा यी युवकले पटक पटक होटलको ढोका तोडेर केटी साथी गलफ्रेण्ड भेटन गएका थिए । बुधबार वेष्टर्न अष्ट्रेलियाको अदालतले जोनाथन डेभिड नाम गरेका ती युवकलाई

साढे ६ महिना जेल सजाय सुनाएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । उनले एक महिना जेल बसेर बाकी समयकोलागि २ हजार डलर जरिवाना तिर्न सक्नेछन् । उनको कामलाई सरकारी वकिलले स्वार्थी र अतिवादको रुपमा अदालतमा चित्रण गरेका थिए । कोेरोना नियन्त्रण गर्न बनेको वेष्टर्न अष्ट्रेलियाको

नया नियम अनुसार १२ महिना जेल र ५० हजार डलरसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।भिक्टोरियाका ३५ वर्षिय यी युवक मार्चको अन्तिम साता पर्थ पुगेका थिए । स्थानिय नियम अनुसार उनी १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्थ्यो । त्यसैले सुरक्षाकर्मीको निगरानीमा पर्थको एक होटलमा उनलाई सेल्फ क्वारेन्टिनमा राखिएको थियो ।

तर, नियमको उल्लघंन गर्दै ती युवक होटलको फायर एक्जिट डोर फोडेर गलफ्रेण्ड भेट्न गएका थिए । उनी अप्रिल १३ सम्म सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने थियो । ती युवक होटलबाट निस्केर सार्वजनिक बस चढेर महानगरपालिकाकै अर्को स्थान पुगी गलफ्रेड भेटेर पुन लुसुक्क होटलमा फर्किएका थिए । उनलाई नियम नमानेको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो ।