कोरियाले भताभुङ्ग पारेको मेरो सपना

राजेश थापा, सोल दक्षिण कोरिया,यतिखेर धेरै नेपाली कोरियन भाषा उत्तिर्ण पश्चात् कोरिया जाने सपना बुनेर बसेका साथिहरू कोरियाको प्रवेशको कार्यकाल(मिति) सकिदै गर्दा भने सजाएका सपनाहरू भताभुङ्ग भएको छ । थाहा छ कोरिया जान त्यति सहज छैैन जो हामिले सोच्ने गर्छौं, र पनि कोरिया जानको लागि बर्षौ-बर्ष मेहनत नगरेको पनि होईन तर अनेक संघर्ष गरि जसो-तसो भाषा उत्तीर्ण त गर्यो

तर अब भने भाषा परिक्षा उत्तीर्ण पश्चात झन् धेरै पिरलोले सताउने रहेछ ।गाँउघर छिमेेकमा भने बेग्लै सान छ, अबको केही समय छिट्टै कोरिया पुगिन्छ,धेरैले ईश्या पनि गर्थेहोला कोरिया गईसकेपछि लाख-लाख कमाई हुन्छ रेत भन्ने कतिले लख पनि काट्थे होला, साथिभाईले पनि अहो ! कोरियन लाहुरे

भनेर फुर्काउँदा म पनि फुरूङ्ग भई चङ्गा जस्तै आकाशमा पुग्थे।कोरियन भाषा उत्तीर्ण गर्दाको पल त यस्तो छ, तर कोरिया पुगिसकेपश्चात पछि मेरो मान-सम्मान अझ कति उचो हुने हो मनमनै आफैले आफैलाई सोचिहेर्थे। भाषा परीक्षा उत्तीर्ण गरेपछि स्किल टेष्टको परिक्षामा पनि सफल हुन सकियो भने कोरिया अझ छिटो जान पाईन्छ भन्ने मसँगै पास भएका साथिहरूले बेला-बेलामा कोरियाका किस्साहरू सुनाउने गर्थे । skill test को तयारिको लागि पनि धेरै कम्मर कसेर लागि परियो कोरियन भाषामा आफ्नो परिचय दिने, अन्तर्वार्ता दिनको लागि अभ्यासको लागि साथि-साथि बिचमा एकआपसमा सोधासोध गर्थ्यौं।आखिर यो सब दुःख, संङ्घर्ष मेहनत सब कोरिया जानकै लागि गरियो, सँगैका हितैषि साथिहरू कोहि कोरिया पुगेर लाखौ कमाई सकेत कोहि खाडि मुलुकमा पसेर घरखेत जोडिसके। आफू भने कोरिया जाने हुटहुटिले सपना बुन्दै गाँउघरमा निकै रवाफले छाति चौडा पारेर हिड्ने गर्थे, skill test को परिक्षामा पनि सफल भए सँगै

कोरिया जानको लागि आवश्यक प्रकृया सँगै प्रहरी रिपोर्ट, मेडिकल चेकअप लगायत रोजगार आवेदन फर्म भरि सबै काम सकेपछि धेरै साथिहरूको दिनगन्ति अब शुरू हुन्छ।परीक्षा उत्तीर्ण भएका साथिहरूको डकुमेन्ट जब HRD कोरियामा पठाउने काम शुरू हुन्छ, तब एकथरि साथिहरू फेशबुक तथा सामाजिक संजालहरूमा आफ्नो Document sent भएको खुशि व्यक्त गर्दै पोष्टयाउने काम गर्थे भने।अर्को थरि डकुमेन्ट सेन्ट हुन किन ढिला भयो भनी जिज्ञासाका भावमा साथिहरूमाझ सोधखोजमा व्यस्त देखिन्थे।दिनगन्ति शुरू हुँदै गर्दा केही समयको अन्तरालमा HRD कोरियाले डकुमेन्ट को नाम, जन्ममिति साथै फोटो ठिक छ छैन? चेक गरेपछि कति जनाको Approve भएर आउँदा फेरि दोश्रो पटक खुशिले उफ्रिने साथिहरू पनि हुन्छन, कतिको Return आउँदा निराशाले रूझेर निथ्रुक्क हुन्थे,अनि ईपिएस कार्यालय ग्वार्कोको फोनको घण्टि दिनहुँजसो बजाउनेे गर्थे।

यसरी नै चल्दै गर्दा समयको रफ्तारसँगै issue हुने समय पनि हामी मध्यकै केही साथिहरूले खोलेेका ईपिएस सम्बन्धि पेजहरू ईश्यु डेट पनि आफा-आफै अड्कलबाजिको भरमा पोष्ट गर्ने गर्थै, र ईश्यु हुँदै गर्दा अर्काथरि जो पहिले देखि नै कोरिया जाने रोलक्रममा रोष्टरमा भिषा कुरिरहेका र २ वर्ष कट्न लाग्दै गरेेका साथिहरू भने ईपिएस पिडित समूह गठन गरि नारा जुलुस लगाउँदै ईपिएस कार्यालय ग्वार्कोको परिसरमा हुलम-हुल देखिन्थे।जसमा पुराना जो रोष्टरमा लामो समय भिषा कुरिरहेकालाई प्राथमिकता दिनुपर्ने माग सहितका नारा लगाएका भेटिन्थे। आफुसँगै पास भएका साथिहरू जब बिस्तारै कोरिया जान थाल्छन्, तब मानसिक तनाब शुरू हुन्छ। निद भोक हराउँछ छटपटाहट तिब्र हुन्छ, दैनिक सयौ पटक ईपिएस आईडि खोल्ने बन्द गर्ने काम हुन्छ। सामाजिक सन्जालमा कोरियाको बारे पोष्टहरू निकै हेर्ने र पढ्ने गरिन्छ।

छिटो कोरिया जाउँ धन कमाउँ अनि केही अधुरा बनेेेेका सपनाहरू पूरा गरू भन्ने चाह अझ बढ्न थाल्छ, हो यहि कुराहरूले पटक-पटक सताउने गर्छ। जब सँगै पास गरेका साथिहरू कोरिया पुगेर लोटे बर्ल्ड(१२३ तला बिल्डिङ) अगाडि खिचेेेेका तस्विर अनि नेपाली साथिभाईको जमघट बिच कोरियन परिकारको अगाडि सोजु र मेक्जुको लस्कर लागेको तस्विर देख्दा झन् रिस र डाहाले मन भरिएर आउँछ।जब मिनेट, घण्टा दिन हप्ता गर्दै समय बित्दै जान्छ नि ,नत कोरिया जाने सपना पूरा हुन्छ नत गाऊँघरमा मुख देखाएरै हिड्न सक्ने स्थिति सिर्जना हुन्छ।आज यी र यस्तैै कारणले कोरियाको रंगिन सपना चकनाचुर हुँदै छ , म कोरिया जानको लागि सबै कुरामा योग्य छु र पनि किन मलाई रोजिदैन? कोरियन साहुको नजरमा किन पर्न सकिन? एकमनले सोच्छ हैन असिना खेपेको मकै र दुःख खेपेको छोरो हार मान्दैन।कसो एकदिन मेरो दिन नफिर्ला भनेर आफू आफू भित्रै चित्त बुझाउँथे।

मेरो भिषा नआउँदाको पीडा छँदै थियो, तर कति साथिहरूको सबै प्रकृया पूरा गरेपछि उडान नै क्यान्सिल हुँदा भने त्यो साथिको मनमा के बित्छ होला?म भन्दा अझै पिडित त त्यो साथि पो हुन्छ भनी चित्त बुझाउँथे।कतिपय साथिहरू कोरिया पुगेपछि मेडिकल फेल अनफिट भएर कोरियाबाट नै फर्केका साथिहरूको हालत के होला?अर्को तिर एच आर डि कोरियाले आवश्यक भन्दा धेरै कामदार भाषा परिक्षामा उत्तिर्ण गराउने त्यसमा पनि २बर्ष सम्म कोरिया नलैजाने हुँदा पनि हामिले बर्षौ लगाएर गरेको मेहनत परिश्रम खेर गएको किन देख्दैन? कति साथिहरू यहि कारणले मानसिक रोगको सिकार पनि भएका छन्, भने कति साथिहरू आफुलेे गरि आएको पेेेेशा तथा व्यवसायलाई चटक्क माया मारेर पनि कोरिया जाने प्रकृयामा लागे।धेरै साथिहरू पटक-पटक भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका साथिहरू सयौ छन्, यसको बारेमा सम्बन्धित निकायले किन चासो राख्दैन? भनिन्छ कोरिया नीति
नियमले चलेेको देश हो भने पुराना जो रोष्टरमा रहेका कामदार
कोरिया जान नपाउँदै अर्को परीक्षा किन सन्चालन हुन्छ? यसको चित्त बुझ्दो जवाफ धेरै नेपाली साथिहरू जो लामो समय पर्खिएर पनि कोरिया जानबाट बन्चित हुनुहुन्छ उहाँहरूलाई चित्त बुझ्ने जवाफ HRD कोरिया लगायत यस सँग सम्बन्धित नेपालको निकायलेे देओस्।

रोजगार अनुमति प्रणालि शुरूका बर्षहरूमा केही सरल रहेता पनि अहिले आएर निकै कठिन बन्दै गईरहेको छ, हाम्रा देशका हजारौ सक्षम युवाहरू पसिना बेच्न जान तयार हुँदाहुदै पनि जान नपाउँने बाध्यताहरू देखिए। देशको बद्लिदो राजनितिक अस्थिरता सगै बेरोजगारिले गर्दा दैनिक हजारौ युवाहरू हातमा हरियो पास्पोर्ट बोकेर प्रदेशिन बाध्य छन्, पक्कै पनि यो रहर नभईकन बाध्यता हो।कस्लाई पो रहर हुन्छ र प्रदेशको त्यो तातो ५५° को घाममा काम गर्न?आखिर मजबुरि नै रह्यो ।अर्को तिर धेरै साथिहरू कोरिया पुगिसके पश्चात् कम्पनिमा मेेेेहनतका साथ काम नगर्ने, ईलिगल बस्नेको संख्या अत्याधिक बढ्नु, नेपालि साथिको झुट कुराको पछाडि दौडिनु जुनकि मासिक ३०/३२ लाख तलब थापेको कुरा सुनाए लगत्तै बढि तलबको आशमा धेेरैै कम्पनि चाहार्ने ईत्यादि कुराहरूले गर्दा अहिले कोरियामा नेपाली कामदार कोरियनको नजरमा पर्न छाडेका छन्। कुनै बेला नेपालिहरू भियतनाम कम्बोडिया पश्चात् तेश्रो स्थानमा मेहनति कामदारको रूपमा चिनिने गर्थै।धेरै नेपालिहरू अहिले काम छाडि कामको खोजिमा कोरियाका सेल्टर, चर्च नेपाली रेष्टूरेण्टमा काम छाडेर बस्नेको ताँति छ। नोदोङ्बुमा पनि सबैभन्दा बढि काम छाडेर बस्नेमा नेपाली नै छन्, अहिलेे नोदोङ्बुमा नेपालिलाई काम दिनैै छाडिसकेको छ,यहि कारणले कति जना त कोरिया आएको बर्ष दिन बित्न नपाउँदै ईलिगल भएका साथिहरू पनि बेग्रल्तै छन्।

विशेष गरि कोरियामा लामो समय बिना भिषा रहि पटक-पटक कम्पनि चाहार्दै हिड्ने केही नेपाली साथिहरूको कारण पनि मेहनति नेपालिले कम्पनिमा बनाएको एउटा छवि धमिलिएको छ। शुरूमा काम नपनउँदा सम्म जस्तो नि काम गर्छु भन्नेेेेहरू कम्पनिमा छिरिसकेपछि यो या त्यो बहानामा कम्पनिबाट भागेेेर हिड्ने हुँदा पनि कोरियन साहूको नजरमा नेपाली मेहनत नगर्ने झुट बोल्ने मध्यमा नेपाली पर्छन् भन्ने कुराको छाप बस्ने हुँदा नेपाली कामदारको कोरियामा मागको संख्यमा कटौति हुँदै आएको छ।कति साथिहरू कोरियामा लामो समय ईलिगल बसेता पनि मुश्किलले २ बर्ष काम गरेको भेटिन्छन भने केही त्यस्ता साथिहरू पनि छन एउटै कम्पनिमा लामो समयसम्म रहेर मेहनतका साथ काम गरेर साहुको बिश्वासका पात्र पनि बनी कम्पनिको फान्जाङको पद पनि सम्हाल्दै आएका साथिहरू पनि छन्। १ महिना मुश्किलले काम गरेर २महिना हल्लेर खाई हिड्ने जो दोङ्देमुनको गल्लिहरू चाहार्दै रक्सिको घ्याम्पोमा २४ घण्टा डुबेर दिनभरि पारिलो घामको तापमा हाई काढ्दै दिन बिताउने साथिहरू पनि प्रशस्तै छन्।

उता घर-परिवार भने छोरो लामो समय कोरिया बसेर धन कमाएर ल्याउने आशमा आैला भाँच्दै बस्ने यता कमाउन प्रदेश आएको छोराकाो हाल यस्तो छ। कति साथिहरू सुवनको रंगिन युवतिको सांसरिक माहोलमा लिप्त हुने, डिस्को बार तथा क्यासिनोको लतमा फस्ने, कोरियाको प्रोटो तथा लोटो(चिठ्ठा)मा कमाएको पैसा झ्वाम् पार्नेहरू पनि छन्।त्यसैले साथिहरू त्यति धेरै संघर्ष गरेर कोरिया पैसा कमाउनका लागि आउने हो, परिवारको मुहारमा थोरै भएपनि खुशि थप्नको लागि प्रदेशिने हो , जहाँ कमायो त्यहि रमाउने काम नगरौं। कोरियमा मेहनत र लगनशिल भएर काम गरि नेपाली ईमान्दार मेेेेेेहनति हुन्छन भन्ने छवि बनाआै । कोरियाको काम पछि बचे खुचेको समयलाई विभिन्न सिपमूलक तालिम भाषा कक्षा लिएर विदेशमा कामएको सिप र धनलाई स्वदेशमा खर्चिने गरौं मनोरञ्जनको नाममा रक्सिको नसामा नफसौ मानसिक तनाबबाट टाढा रहन सदैैै आफूलाई व्यस्त राख्ने गरौ मेरो बिनम्र अनुरोध छ ।