‘उत्तर कोरियाली नेता किमको मृत्युमा सत्यता छैन, उनी स्वस्थ छन् ‘ – दक्षिण कोरिया

सोल-उत्तर कोरियाली सर्वोच्च नेता यति बेला सञ्चार माध्यम बाहिर रहेका छन् । उनी कहाँ अनि के गर्दै छन् कसैलाई कुनै जानकारी छैन । विगत दुइ सातामा भएका महत्वपुर्ण राष्ट्रिय कार्यक्रमहरुमा अनुपस्थित रहे पछि उनी बारे अनेक टिका टिप्पणीहरु बाहिर आउन थालेका छन् । यतिसम्म की उनको मृत्यु भइसकेको समेत दावी गर्न थालिएको छ ।

यसै सन्दर्भमा दक्षिण कोरियाले भने उत्तकोरियाली सर्वोच्च नेता किम जोङ उन जीवतै र राम्रो अवस्थामा रहेको दाबी गरेको छ । केही दिनअघिदेखि किमको स्वास्थ्य अवस्थाका बारेमा संसारभर चलेका विभिन्न अफवाहका बीच दक्षिण कोरियाले आइतबार उनको अवस्था राम्रो रहेको जानकारी दिएको हो ।

सिएनएनसँगको कुराकानीका क्रममा दक्षिण कोरियाका राष्ट्रपतिका विदेश मामिला सल्लाहकार मुन चुङ इनले यो विषयमा आफुहरुको दृढ विश्वास रहेको बताए । ‘किम जोङ जीवित र स्वस्थ छन् । उनी अप्रिल १३ देखि उत्तरकोरियाको वोनसन क्षेत्रमा बसिरहेको भन्ने छ ।’ किम गत अप्रिल १५ मा हजुरबुबा तथा उत्तरकोरियाका राष्ट्रपिता किमइल सुङको जन्मजयन्ती कार्यक्रममा उपस्थित नभएपछि संसारभर विभिन्न अड्कलहरु कटिएको थियो ।

कतिपय सञ्चारमाध्याहरुमा अफवाह फैलाउने खालका समाचारहरु समेत आएका थिए । सिएएनले नै एकहप्ता अघि अमेरिकी गुप्तचर अधिकारीहरुको भनाईलाई उदृत गर्दै किमको शल्यक्रिया भएको र उनको अवस्था गम्भीर हुँदै गएको भन्दै समाचार लेखेको थियो । धेरै सञ्चारमाध्याहरुले दक्षिण कोरियाबाट सञ्चालित हुँदै आएको अनलाई न्युज पोर्टल डेली एनकेको रिपोर्टलाई उदृत गर्दै किमले अत्याधिक धुम्रपान गर्ने गरेको र उनको शारीरिक बनावट पनि निकै मोटो भएकोले स्थिति गम्भीर हुनसक्ने भन्दै समाचार प्रकाशित गरेका थिए । डेली एनकेले सोही आधारमा रिपोर्ट बनाएको थियो ।

आइतबार उत्तर कोरियाको सरकारी मुखपत्र रोडोङ सिनमुनले नेता किमले सामजियोन शहरमा निर्माणको कामको अवलोकन गर्नुभएको र काम गरिरहेका मजदुरहरुलाई धन्यवाद दिएको जनाएको छ । तर सिएनएनले यस रिपोर्टबारे सत्यता पुष्टि गर्न नसकिएको बताएको छ ।हटपाटीबाट