२० दिन सम्म रहस्यमा रहेका उत्तर कोरियाली नेता किम जोङ उन विश्वलाई चकित पार्दै सार्वजनिक

उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि एक सार्वजनिक कार्यक्रममा देखा परेका छन् । उनको स्वास्थ्यसँग जोडिएका विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएको उत्तर कोरियाली संचार माध्यमलाई उधृत गर्दै दक्षिण कोरियाली संचार माध्यम योंघापले लेखेको छ ।

दक्षिण कोरियाली संचार माध्यमका अनुसार उक्त कार्यक्रममा उनले रिबन काटी सो कारखाना उदघाटन गरेको तस्वीर समेत सार्बजनिक भएको छ ।उनि लामो समय गुपचुप रहदा अन्तराष्ट्रिय जगतमा रहस्यको बिषय बनेको थियो ।उत्तर कारियाली समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा

सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । उनलाई विश्वका शक्तिशाली राष्ट्रहरुले गम्भीर बिरामीका कारण कोमामा रहेको हुन सक्ने अनुमान गर्दै आएका थिए ।उनको उपचारको लागि चीनले बिज्ञ डाक्टरको टोलि समेत पठाएको बताउदै आईएको आएको छ तर दक्षिण कोरियाले भने उनि सकुशल रहेको दावी गर्दै आइरहेको छ ।

गत अप्रिल १५मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्ग (उनका हजुरबा )को जन्मदिनमा आयोजना गरिएको बृहत कार्यक्रमा उनि उपस्थित नभएपछी विश्व जगतले बिभिन्न अड्कल वाजी गर्दै आएका थिए ।हेल्लो नेपाल कोरिया डटकमबाट