कोरियामा अबैधानिक विदेशी कामदारलाई कोरियन सरकारले कोरोनाको निशुल्क परिक्षण गरिदिने,पक्राउ समेत नगरिने !

गुरुदत्त न्यौपाने /सउल

,दक्षिण कोरिया सरकारले आफ्नो देशमा अबैधानिक रुपमा बसोबास गर्ने विदेशी नागरिकलाई कोरोना लागेको शँका लागेमा कोरोनाको परिक्षण निशुल्क गरिदिने बताएको छ।साथै कोरोना परिक्षण गर्दा उनिहरुको कोरियामा बसोबास गरेको हैसियत समेत नसोधिने भएको छ।अबैधानिक भएतापनी उक्त व्याक्तीलाई स्वदेश फिर्ता तथा पक्राउ नगरिने बताएको छ।

दक्षिण कोरियामा बिभिन्न टेलिकमका लाखौँ सिम प्रयोगकर्ता लाई म्यासेज मार्फत बिहिबार आपतकालिन एलर्ट तथा पब्लिक सेफ्टी म्यासेज पठाउदै दक्षिण कोरिया सरकार तथा यहाँको न्याय मन्त्रालयले उक्त सुचना जारी गरेको हो।कोरियाली स्वास्थ्य मन्त्रालयले कोरियामा अबैधानिक तवरले बसोबास गर्ने विदेशी नागरिकलाई कोरोना

लागेको शंका लागेमा नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।”अबैधानिक विदेशी कामदारको कोरोना परिक्षण निशुल्क गर्नेछौँ साथै उनिहरुलाई पक्राउ तथा स्वदेश फिर्ता गर्ने छैनौँ।यदि कसैलाई शंका लागेको छ भने निर्धक्क भएर स्वास्थ संस्था आउन सक्नुहुन्छ” एक स्वास्थ्य अधिकारीले बताए।स्वास्थ्य मन्त्रालय तथा कोरोना पब्लिक सेफ्टी टिमले कोरियामा बसोबास गर्ने सम्पुर्ण मोबाईल प्रयोगकर्ता लाई पठाएको सन्देश यस प्रकारको छ।