दिवेश बने अमेरिकन आइडलको उपविजेता, उपाधी जित्न भोट पुगेन !

काठमाडौं

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलमा उपिवजेता बनेका छन् ।  दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।

फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन ।

यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।