कोरियामा एक बालक सुटके’शमा मृ’त अवस्थामा फेला,सौतेनी आमा पक्रा’उ !

सोल,

दक्षिण कोरियाको दक्षिणी छुङ्छन प्रान्तको छनानमा बाल शो’षणको आरोपमा एक महिलालाई मंगलबार प्रहरीले पक्रा’उ गरेको छ।

छनानको एक अपार्टमेन्टमा एक बालक मृ’त अबस्थामा सुटकेशमा फेला परेपछी मृ’तककी सौतेनी आमालाई प्रहरीले पक्रा’उ गरेको हो।

४३ बर्षिय उनी हिजो सोमबार बेलुकी ७:२५ बजे आफ्नो ९ बर्षिय छोरा बे’होस भएको भनी आकस्मिक सहयोग केन्द्रमा फोन गरेर सहयोग मागेकी थिईन।

उक्त महिलाले सहयोग मागे लगत्तै आकस्मिक सहयोगी टिम घटनास्थलमा पुग्दा बच्चालाई सुटकेशमा अ’चेत अवस्थामा फेला पारेका थिय।बच्चालाई उक्त टिमले लगत्तै नजिकैकोअस्पतालमा लगेको थियो।प्रहरीका अनुसार बच्चालाई सरिरमा चोट लागेको थियो ।प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार

उक्त सौतेनी आमाले बच्चालाई ३ घन्टासम्म सुटकेसमा थु’नेर स’जाय दिएको खुल्न आएको छ।बच्चाकी सौतेनी आमालाई प्रहरीको नियन्त्रणमा राखिएको त्यहाँको स्थानिय प्रहरीलाई उद्धृध गर्दै कोरियाली समाचार पोर्टल द कोरिया हेराल्डले जनाएको छ।

दक्षिण कोरियाको कानुन अनुसार बाल दु’र्वबहार गर्नेलाई ३ बर्षको कै’द र मृ’त्यु भएमा ५ बर्षभन्दा बढी कै’द हुने प्राबधान रहेको छ।उक्त महिलालाई ५ बर्षभन्दा बढी कै’द हुने भएको छ।