जर्ज फ्लायडको पक्षमा कोरियन ब्याण्ड विटिएसको सहयोग, १० लाख अमेरिकी डलर दिने

सोल

दक्षिण कोरियाको प्रसिद्ध साङ्गितिक व्याण्ड विटिएसले अमेरिकामा प्रहरीले नियन्त्रण लिए पश्चात हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लायडको पक्षमा तथा अमेरिकी प्रहरीको बर्वरताको विरुद्धमा हाल अमेरिकामा चलिरहेको ‘व्ल्याक लाइफ म्याटर्स’ आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

उक्त व्याण्डको आधिकारीक कम्पनि बिग हिट इन्टरटेनमेन्टका अनुसार व्याण्डले आन्दोलनमा ऐक्यवद्धता जनाउन १० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

यान्ह्याप समाचार समितिका अनुसार कम्पनिका प्रतिनिधिले विटिएस ब्ल्याक लाइफ म्याटर्स आन्दोलनको समर्थनमा रहेको पनि स्पष्ट पारेका छन् । गत विहिबार कम्पनिले उक्त आन्दोलनप्रति ऐक्यवद्धता जनाएको बताएको थियो ।

ह्यासट्यागमा #blacklivesmatter लेख्दै व्याण्डले हरेक नागरिकले सम्मानित जिवन जिउन पाउने अधिकार सबै नागरिकमा रहेको तथा कसै माथि पनि रंग तथा बर्गको आधारमा विभेद गर्न नपाईने पनि आफ्नो ट्वीटर एकाउन्ट मार्फत बताएको छ ।

हाल फ्लायड हत्या विरुद्ध विभिन्न कलाकारहरुले पनि आफ्नो ऐक्यवद्धता जनाएका छन् । प्रख्यात गायिका लेडी गागा, एरियाना ग्राण्डी लगायतले पनि उनको आत्माको चीर शान्तिको कामना गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।हटपाटिबाट