कोरियामा क्वारेन्टाइन नियम नमान्ने १७ जना विदेशीलाई देश निकाला,५३१ लाई कारबाही

सोल

दक्षिण कोरियाले कोरोना संक्रमण नियन्त्रण गर्न बनाइएको क्वारेन्टिन नियम नमान्ने १७ जना विदेशी नागरिकलाई स्वदेश फर्काएको छ ।

सरकारले जारी गरेको सूचना अनुसार क्वारेन्टाईन नियम लागु गरिए पश्चात अन्य ३८ जनालाई पनि नियम नमानेको आरोपमा स्वदेश फिर्ता पठाइएको छ ।

यस सँगै सेल्फ क्वारेन्टाइन नमानेका कारण स्वदेश फिर्ता गरिएका विदेशी नागरिकको संख्या ५५ पुगेको छ ।

सरकारी तथ्यांक अनुसार सरकारले लागु गरेको अनिवार्य क्वारेन्टाइनको नियम उल्लङ्घन गर्ने ५३१ जनालाई संक्रमण ऐन अन्तरगत कारवाही गरिएको छ ।

गत फेब्रुअरी १९ बाट कोरिया प्रवेश गर्ने जो कोहीलाई पनि सेल्फ क्वारेन्टाइनको व्यवस्था अनिवार्य गरिएको थियो । तथ्याङ्कका अनुसार सो मितिबाट हाल सम्म ३,२४,१६० जना कोरिया भित्रिएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार हाल ११६ जनाले सरकारले क्वारेन्टाईन पालना गरे या नगरेको अनुगमन गर्न बनाएको विद्युतीय सामाग्री ह्याण्ड ब्याण्डको प्रयोग गरिरहेका छन् । अधिकारीका अनुसार हाल ३८०४६ जना सेल्फ क्वारेन्टाइनमा रहेका छन् ।

सरकारी अधिकारिका अनुसार हाल दक्षिण कोरियामा क्वारेन्टाइन नियम उल्लङ्घनका ४०० बढी उजुरी भएको तथा प्रहरीले ति केसहरुमा सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।Hotpati