कोरोना भाईरस ट्र्याकिङ एप प्रयोग गर्न जापान सरकारको आग्रह

टोकियो

जापान सरकारले आजबाट संचालनमा ल्याउन लागेको कोरोना भाईरस ट्र्याकिङ एप प्रयोग गर्नका लागि अनुरोध गरेको छ ।यो एप प्रयोगले ब्यक्तिगत विवरण दुरपयोग नहुने समेत सरकारले स्पष्ट पारेका
छ ।

अन्य बिभिन्न देशहरुको जस्तै ब्लुटुथ ट्रयाकिंग र प्रयोगकर्ताहरूको अनुमतिमा यस स्मार्टफोन एपलाई शुक्रबारदेखि संचालनमा ल्याइने छ ।

तपाईहरुको जीवन रक्षाको लागि यो एकदम महत्त्वपूर्ण सामग्री हो त्यसैले सबैले प्रयोग गर्नुहोला । मन्त्री यासुतोसी निसुमुराले आयोजित एक पत्रकार सम्मेलनमा भने ।

यो एपले कोहि मानिस नजिक आउँदा स्मार्टफोन एप प्रयोगकर्ताको ईन्क्रिप्टेड डाटा राख्ने गर्दछ । कोरोना भाइरस संक्रमित ब्यक्तिले आफ्नो विवरणरण राखेका आधारमा उसको नजिक केही भएमा १ मिटर वरिपरिका एप प्रयोगकर्तालाई १५ मिनेटसम्मको लागि सतर्कता चेतावनी दिइन्छ ।

यस एपलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा बनाइएको र यसले प्रयोगकर्ताको ब्यक्तिगत विवरण फोन नम्बर, स्थान रेकर्ड नगर्ने भएकाले ढुक्कसंग प्रयोग गर्न सकिने बताइएको छ ।

यस्ता प्रकारका भाईरस ट्र्याकिङ एप अन्य एक दर्जन जति मुलुकहरुमा यस अघिनै संचालनमा आईसकेका छन् ।