दक्षिण कोरियाबाट जिन एयरले पहिलो पटक नेपाल उडान गर्ने

काठमाडौं

दक्षिण कोरियामा संचालित जिन एयरले इन्छन-काठमाडौं-इन्छन चार्टर उडान गर्ने भएको छ।

एयरलाइन्सले ३० जूनमा पहिलो उडान गर्नेगरी तयारी गरेको हो। चार्टर उडान व्यवस्थापन गर्ने पक्षले सम्बन्धित देशमा रहेको राजदूतावासमार्फत स्वीकृति प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले जिन एयरको उडान स्वीकृति प्रकृया दूतावास मार्फत नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ।

उडान मिति: ३० जुन २०२०

उडानको व्यवस्थापन एनआरएनए ( दक्षिण कोरिया) र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी लिंक एशिया टुर्स र नेपाल टुर्सले गर्ने जनाइएको छ।

नेपालबाट कोरिया फर्किने यात्रुले यसअघि महँगो भाडा तिरेर उडान गरिरहेका थिए। जिन एयरको नेपाल उडानले फर्केनहरुका लागि सहुलियत हुने ट्राभल एजेन्सीले जनाएका छन्। यसअघि कोरियन एयर मार्फत नेपालबाट कोरिया जाने यात्रुले एकतर्फी भाडा यूएसडी १२५० तिरेका थिए।

जिन एयरबाट नेपाल- कोरिया उड्दा हवाई भाडा यूएसडी ७५० (करिब ९३७,००० वन) लाग्नेछ। कोरियाबाट नेपाल फर्किनेका लागि यूएसडी ७०० (करिब ८७५,००० वन) हवाई भाडा निर्धारण गरिएको छ।

युवाहरुलाई ६२ हजार रुपैयाँ रकम सस्तो पर्ने जनाइएको छ।जिन एयरले ३० जुनको दिउँसोको १.३० बजे नेपाल उडान गर्ने भएको छ। हवाई उडान बन्द हुँदा गत तीन महिनामा भिसा सकिएका ४ हजार ५ सय युवा कोरियामा छन्।

चार्टर उडान संचालनको लागि व्यवस्थापन पक्षले सम्बन्धित देशमा रहेको नेपाली दुतावासको समन्वयमामात्र प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले पूर्व तयारी सकिएको जनाइएको छ।दोस्रो उडान ५ जुलाईमा हुने गरी तयारी गरिएको छ। नेपाल लाईभबाट