उत्तर कोरियाले दक्षिण कोरियालाई चिढ्याउन सिमामा २० वटा लाउडस्पिकर माईक जोड्यो !

सोल

उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् ।

‘ उत्तर कोरियाले सीमा क्षेत्रका ‘ सैन्य गतिविधि निषेधित ‘ कैयौँ स्थानमा ‘ लाउडस्पिकर ‘ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ , ‘ दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

उनले भने , ‘ हामीले मनोवैज्ञानिक रूपमा युद्धको त्रास सिर्जना गर्ने उत्तर कोरियाका गतिविधिलाई नजिकबाट नियालिरहेका छौं । हामीले उच्चतयारीका साथ सम्भावित प्रतिकारको अवस्थामा बसेका छौं ।

‘ उत्तर कोरियाले गरेका गतिविधिलाई पछ्याउँदै दक्षिण कोरियाले पनि सीमा क्षेत्रमा ‘ लाउडस्पिकर ‘ जडान गर्ने बिषयमा पुनः विचार गरिरहेको जनाएको छ ।

पछिल्ला दुई हप्तादेखि कोरियाली सीमा क्षेत्रमा भएका भड्काउने र उत्तेजित पार्ने खालका गतिविधिले कोरियाली प्रायदीप अशान्त बनेको छ।