रसियाबाट कोरियाको बुसान आएको पानीजहाजमा देखियो सामुहिक कोरोना सङ्क्रमण !

गुरुदत्त न्यौपाने /सउल

रसियाबाट दक्षिण कोरिया आएको रसियन मालबहाक पानीजहाजमा आएका १६ जनामा कोरोना सङ्क्रमण पुस्टी भएको छ।

स्वास्थ्य अधिकारी तथा बुसान बन्दरगाहका कर्मचारीका अनुसार कोरियाको दक्षिणपुर्वी क्षेत्रमा रहेको बुसान बन्दरगाहमा रसियाबाट आएका व्याक्तीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो।

अधिकारीका अनुसार रसियाबाट आएको ३४०१ टन रेफ्रिजेरेटर भेसल सहितको पानीजहाजमा सवार २१ मध्ये १६ जनामा सङ्क्रमण पुस्टी भएको हो।

रसियाको भ्ल्यादिवोस्तोक बन्दरगाह बाट प्रस्थान गरेको पानिजहाज शक्रबार बुसान पोर्टमा आएर आईतबार गिम्छन पोर्टमा पुगेको थियो।

एकहप्ता अगाडी बुसानबाट रसिया फर्केका कप्तान कोरोना पोजेटिभ देखिएसंगै उक्त क्रुजका व्याक्तीहरु र उनीहरुको सम्पर्कमा आएका ३४ जना लाई कोरोना जाँच गर्दा एकैपटक १६ जनामा सङ्क्रमण पुस्टी भएको स्वास्थ्य अधिकारीलाई उद्दृध गर्दै बुसान पोर्टका कर्मचारीले कोरिया हेराल्डलाई बताए।

कोरोना सङ्क्रमण देखिएपछी गएको अनुगमन टोलीले त्यस ठाउँमा कामगर्ने कर्मचारीहरुले मास्क,पन्जा जस्ता आधारभुत प्रतिरोधात्मक उपाएहरु नअपनाएको उल्लेख गरेको छ।

रोग नियन्त्रण तथा रोकथाम (केसिडिसी ) का अनुसार हालसम्म कोरियामा १२५३५जना सङ्क्रमित भेटिएका छन।कोरोनाको कारण २८१जनाको ज्यान गएको छ भने सङ्क्रमण पछाडी १०९३० जना निको भएर घर फर्केका छन।