कोरियामा प्रवासी कामदारको ब्यापक अभाव , २६ हजार भित्रिनु पर्नेमा २ हजार मात्र भित्रिए

किशन गौतम

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दक्षिण कोरियामा आप्रवासी कामदार आउने क्रम निकै घटेको छ l

यो बर्ष आवस्यकता अनुसार प्रावासी कामदार भित्राउन नसक्दा यहाका साना देखि मझौला कम्पनीहरुमा ब्यापक रुपमा कामदारको अभाब देखा पर्न थालेको एक सर्वेक्षणले देखाएको छ l

कोरियामा सानादेखि मध्यम कम्पनीहरु प्रवासी श्रममा ठूलो भर परेका छन् lएसएमई कोरिया फेडरेशनले गरेको एक सर्वेक्षणमामा यो बर्ष इपिएस (इ-९भिसा) कामदारको लागि केन्द्रीय सरकारमा निबेदन दिएका १ हजार ६२ वटा साना तथा मध्यम कम्पनीहरुमध्ये ५२ प्रतिशतले कामदार अभावका कारण उत्पादनमा गम्भीर असर परेको बताएका थिए l

श्रम मन्त्रालयको तथ्यांकअनुसार यो बर्ष २ हजार प्रवासी श्रमिक कोरिया भित्रिएका छन् l जवकी २०१५ देखि १९ सम्मको तथ्यांकलाइ हेर्दा बर्षको मध्यम सम्म २६ हजार कामदार भित्रिनु पर्ने हो l यो तथ्यांक कुल आबस्यक कामदारको ७ प्रतिशत मात्र हो l

कोरियामा कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि गएको मार्चदेखि हाल सम्म एक जना पनि नया प्रवासी श्रमिक भित्रिएको छैन l

गत जनवरीको शुरुवातमइ इपिएस कामदारको माग गरेका कृषि तथा उत्पादनमुलक कम्पनीहरुले हाल सम्म पनि कामदार पाउन सकेका छैनन् l ति कम्पनीहरुले महंङ्गोमा कामदारराख्नु परेको गुनासो गर्दै आइरहेका छन् l

“महामारी फैलिनबाट जोगाउन विदेशीहरूलाई प्रतिबन्ध गर्न आवश्यक पर्न सक्दछ ” तैपनि साना तथा मझौला कम्पनिहरुलाइ बन्द हुने अबस्था आउन नदीन कुनै बिकल्प अपनाउनु पर्ने रोजगार दाताहरुले सुझाव समेत दिएका छन् lकोरिया टाइम्सको सहयोगमा hellonepalkorea.com