दक्षिण कोरियामा श्रमिकको तलब बृद्दी,प्रतिघन्टा ८७२० वन पुग्यो ।

सोल

दक्षिण कोरियामा मजदूरहरुको पारिश्रमिक वृद्धि भएको छ । राष्ट्रिय ज्याला निर्धारण आयोगले मजदुरहरुको तलव सुविधा प्रतिघन्टा ८७२० वन तोकेको हो ।

आयोगका अनुसार यो ज्याला गत वर्षको भन्दा १.५ प्रतिशतले बढी हो । दक्षिण कोरियाली तलव आयोगको नवौँ बैठकले उक्त नयाँ तलवमान निर्धारण गरेको हो |

उक्त बैठकमा रोजगारदाता , मजदुर तथा सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो दक्षिण कोरियामा न्यूनत्तम पारिश्रमिकको अवधारणा सन् १ ९ ८८ मा ल्याइएको थियो भने यो पारिश्रमिक बृद्धी हालसम्मकै न्युन हो ।

यस अघि सन् १ ९९ ८ मा मजदुर कर्मचारीहरुको न्यूनत्तम तलवमा जम्मा २.७ प्रतिशतले बृद्धी गरिएको थियो । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई ब्यवस्थापन गर्नका लागि यस बर्ष तलवमानमा खासै परिवर्तन गर्न नसकिएको आयोगले बताएको छ ।

यसबाट साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने उद्यमीहरुलाई भने राहत महसुस हुने भएको छ । ( मजदुरहरुले बैठकको सुरुमा न्युनतम ज्याला १० हजार वन माग गरेका थिए जुन गत बर्षको भन्दा १६.४ प्रतिशतले बढी हो ।

वार्ताका क्रममा उनीहरु उक्त बृद्धी २.१ प्रतिशतमा कायम गर्न सहभागी भएका थिए । सम्पुर्ण सरोकारवालाहरुसँगको ब्यापक छलफल पश्चात उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।हटपाटीबाट