कोरियाली रास्ट्रपतिमाथी जुत्ता प्रहार गर्ने अभियुक्तलाई थुनामा राख्न पक्राउ पुर्जी माग !

सोल

दक्षिण कोरियाली सरकारी वकिलले राष्ट्रपति मुन जे इनलाई जुत्ता हान्ने व्यक्तिलाई पक्राउ गर्न जारि गरिएको पुर्जी उपलब्ध गराउन भनेका छ ।
गत विहिवार मुनले राष्ट्रिय सभामा सम्बोधन गर्दै गर्दा उनी माथि जुत्ता प्राहार गरिएको थियो ।

सोल जिल्ला अदालतको सरकारी वकिलको कार्यालयले ५७ बर्षिय अभियुक्तलाई हिरासतमा राख्नका लागि पक्राउ पुर्जी आवश्यक रहेको भन्दै पुर्जी उपलब्ध गराउन अनुरोध गरेको हो ।

जङ्ग चाक ओक नाम गरेका ती व्यक्तिलाई कानुन उल्लङ्घन गरेको तथा मानमर्दन गरेको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ । गत विहिवार राष्ट्रपति मुनले राष्ट्रिय सभामा आफ्नो सुरुवाती सम्बोधन सकेर फर्कदै गर्दा उनीमाथि जुत्ता प्राहार गरिएको थियो ।

जुत्ताले उनलाई लाग्न भने पाएन । घटनामा संलग्नलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनालाई गम्भिर प्रकृतिको जनाउदै उनलाई तत्कालै यङ्दङ्पो प्रहरी कार्यालय लगिएको थियो ।

आक्रामण प्रयास गर्ने ति व्यक्तिले मुनले दक्षिण कोरियामा शान्ति स्थापना भएको झुटो दावा जारी राख्दै जनतालाई भ्रममा राखेको आरोप ( लगाएका छन् । उनको संलग्नता कुनै पनि समुहमा नदेखिएता पनि एक यौ’न दुराचारको मुद्दामा सन् १ ९९ ५ मा उनी माथि कानुनी कारवाही गरिएको थियो ।हटपाटीबाट