इपिएस छिङ्गु /कोरिया
दक्षिण कोरियाको इन्छ्न सहरमा अवस्थित नामदोङ खोङ्दान भन्ने ठाउको पुल बाट आ’त्मह’त्या गर्न लाग्दै गरेको एकजना कोरियन नागरिकलाई २ जना नेपाली र केही भेतनामी हरुले बचाएका छ्न ।
हिजो राति करिव ११:३० बजे तिर पुलमा कोरियन नागरिकले आफु सङ्ग भएको मोबाइल , पर्श , आइडी कार्ड भुईमा राखेर शंका’स्पद गतिविधि गर्दै झु’न्डिदै गर्दा नेपाली तथा भियतनामी हरुले देखेपछी लगत्तै त्यस ठाउँमा गएका थिय।
उद्दार गर्नेमा नेपाली कृष्ण अधिकारी र विकाश गुरुङ र अन्य भेतनामी हरुले कोरियनलाई आ’त्मह’त्या गर्न बाट रोकेका छ्न ।
घट्ना भए लगतै पुलिस प्रशासनमा खबर गरेर पुलिसले पिडितलाई लगेको नेपाली साथीहरुले जानकारी दिनु भएको छ । उहाहरुलाई कोरियन प्रहरिले राम्रो काम गरेकोमा धन्यवाद दिदै उहाहरुको नाम र मोबाइल न नोट गरेर लगेको जानकारी नेपाली साथीहरुले दिनु भएको छ ।
उहाहरुले गर्नु भएको यो साहसी कामको लागी हामि कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको तर्फबाट धेरै धेरै धन्यवाद र स्याबासी दिन चाहन्छौ ।