दक्षिण कोरियाको राजधानी सोलमा बाढीको खतरा, डुङ्गा दुर्घटनामा कम्तिमा ७ जनाको मृ’त्यु !

सोल

दक्षिण कोरियाको राजधानी सोलमा ९ बर्ष पछि बाढीको खतरा बढेको छ । सरकारले राजधानीमा खतराको घण्टी समेत बजाएको छ ।

अत्याधिक बर्षाका कारण राजधानीको हान नदि लगायतका अन्य नदि तथा बाँधहरुबाट पानी ओभर फ्लो भएका कारण राजधानीमा खतरा बढेको हो ।

केन्द्रिय प्रकोप तथा सुरक्षा विभागले दिएको जानकारी अनुसार विगत ६ दिनमा बाढीका कारण १८ जनाले ज्यान गुमाएका छन् भने १६ जना अझै बेपत्ता छन् ।

बाढीकै कारण यइएम बाँध नजिकै भएको डुङ्गा दुर्घटनामा परि एकको मृ’त्यु भएको छ भने एकको धड्कन बन्द भएको तथा अन्य ६ जना बेपत्ता भएको पनि केन्द्रले जनाएको छ ।

उक्त डुङ्गालाई बाँधबाट ओभर फ्लो भएको पानीले लगेको हन सक्ने प्रहरीले बताएका छन् । बेपत्ताहरुको खोजी तथा उद्दारका लागि ८०० बढी प्रहरी , अग्निनियन्त्रक तथा गोताखोरहरुको टोली परिचालन गरिएको केन्द्रले जनाएको छ ।

बाढीले राजधानी सोल , उत्तरी चोङचियोङ , जियोङ्जी , गन्ग्वन लगायतका प्रान्तहरुमा बढी प्रभाव पारेको छ । बाढीकै कारण राजधानी सोलका मुख्य राजमार्गहरु बन्द गरिएका छन् ।

बाढीबाट सोलका २५ मध्ये ११ जिल्ला प्रभावित छन् । केन्द्रका अनुसार हाल सम्भावित खतरा युक्त क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ ।हटपाटीबाट