भारतको केरलामा विमान दुर्घ’ टना १७ जनाको मृ’त्यु !

सियोल

भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घ’टना हुँदा पाइलटसहित १७ जनाको मृ’त्यु भएको छ । दुर्घ’ टनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।

दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घ’ टना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।

भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो ।

हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि थिए ।

दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् ।

सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।

भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले दुर्घ’टना जाँच गर्न दुई वटा कमिटी गठन गरिएको जानकारी दिए ।

दुर्घ’टना भएपनि विमानमा आगो लागेको थिएन । केही दिनयता केरलामा भारी वर्षा, बाढी र पहिरो गइरहेको छ । शुक्रबार बिहान केरलाको मुन्नारमा पहिरोमा पुरिएर १५ जनाको मृ’ त्यु भएको छ ।