कोरियामा बिहिबार थपिए मार्च महिना यताकै सबैभन्दा धेरै कोरोना संक्रमित

सिओल

दक्षिण कोरियामा गएको २४ घन्टामा ४ सय ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या १८ हजार ७ सय ६ पुगेको छ l

त्यस्तै उक्त अबधिमा मृत्युहुनेको संख्या १ छ भने भने निको भै घर फर्किनेको संख्या ९३ रहेको छ lयसरि नयाँ संक्रमित थपिनेमा अघिल्लो दिनको तुलनामा बिहिबार बढेको छ l

बुधबार ३ सय सय २० जना नया संक्रमित थपिएका थिए l बिहिबार थपिएका नयाँ संक्रमित मध्ये ४३४ जना स्थानीय छन् भने विदेश बाट संक्रमित भै आउनेको संख्या ७ छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार शुक्रबार पुष्टि नयाँ संक्रमितको संख्या मार्च महिना यताकै उच्च हो l गत मार्च ७ मा ४ सय ८३ जना नयाँ संक्रमित थपिएका थिए l

हाल पुष्टि भएका नयाँ संक्रमितहरुमा अधिकांसमा सामुहिक संक्रमण देखिएको छ l अन्य स्थानको तुलनामा राजधानी सियोलमा तथा आसपासका क्षेत्र ख्याङ्गिदो , इन्छन आदिमा दैनिक संक्रमण बढ्दो छ l
कोरियाको बिभिन्न चर्च बाट फैलिएको दोस्रो लहरको कोरोना भाइरस प्रकोपबाट गएको २ हप्तामा संक्रमित हुनेको संख्या ३८ सय पुगेको छ l

कोरियामा दोस्रो लहरको कोरोना भाइरस फैलाएको आयोप लागेको राजधानी सउलको सारंग जेइल चर्चका ९ सय ३३ जना सदस्यमा कोरोना संरमणको पुष्टि भएको छ l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ३१३ पुगेको छ भने १४ हजार ४ सय ६१ जना निको भैसकेका छन् lहेल्लो नेपाल कोरिया डटकममा किशन गौतमको रिपोर्ट