दक्षिण कोरियामा फेरी शक्तिशाली टाईफुन आउदै,उच्च शतर्कता अपनाउन अनुरोध !

सोल

दक्षिण कोरियामा आगामी हप्ता पुनः अर्को शक्तिशाली समुद्री आँधी ‘ मेइसक ‘ आउने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रशान्त महासागरको फिलिपिन्स पूर्वबाट सुरु भएको आँधी आगामी हप्ता दक्षिण कोरिया आइपुग्ने मौसम विभागले जनाएको हो ।

दक्षिण कोरियाबाट ९ ७० किलोमिटर उत्तर पूर्वबाट सुरु भएको आँधी हाल समुद्री क्षेत्रमा ३ किमी प्रति घण्टा तथा ८३ किमी प्रति घण्टा वायु वेग सहित अगाडी बढीरहेको विभागले जनाएको छ ।

उक्त आँधीले दिशा नबदलेमा थेगु क्षेत्रमा बाढी पहिरो जान सक्ने विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार उक्त आँधी आउदो मंगलवार सम्ममा दक्षिण कोरियाबाट करिव २ ९ ० किमी टाढा रहेको जापानको ओकिनावा क्षेत्रमा आइपुग्ने तथा छेजु क्षेत्रमा बुधबार र बुसान क्षेत्रमा बिहिबार बिहानसम्ममा आइपुग्ने छ ।

दक्षिण कोरियाली क्षेत्र तर्फ आउदै गर्दा आँधी थप शक्तिशाली बन्दै जाने बताउदै विभागले देशका उत्तरी छल्ला , दक्षिणी छल्ला तथा थेगु क्षेत्रमा भारी बर्षा हुन सक्ने समेत बताएको छ ।

विभागले उक्त समुद्री आँधी दक्षिण कोरियामा यस बर्ष आएको नवौं रहेको बताउदै बाढी , पहिरो , सडक अबरुद्ध , हवाई तथा रेल सेवा समेत अबरुद्ध हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई सतर्क रहन समेत आह्वान गरेको छ ।हटपाटीबाट