नेपालको ड्राईभिङ्ग लाईसेन्सलाई कोरियाको लाईसेन्समा परिवर्तन गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस !

गुरुदत्त न्यौपाने /सिओल

कोरियामा हुनुहुन्छ र गाडी चढन चाहनुहुन्छ भने यहाँको लाईसेन्स अनिबार्य हुनुपर्छ।कोरियाको लाईसेन्स प्राप्त गर्न त्यति सहज छैन तर नेपालमा हुँदा नेपालको लाईसेन्स निकालेको छ भने त्यत्ती गार्हो पनि छैन।

केही निश्चित प्रकृयाहरु पुर्याएर नेपालको ड्राईभिङ्ग लाईसेन्सलाई आधार मानेर कोरियाको लाईसेन्स बनाउन सकिन्छ।त्यसको लागी पुरा गर्नुपर्ने केही प्रकृयाहरुको बारेमा तल चर्चा गरिएको छ।

नेपालमा गर्नुपर्ने काम

१ . आफ्नो लाईसेन्स नेपालको कुन ठाउँबाट निकालेको हो त्यो ठाउमा गएर एउटा पेपर बनाउनुहोस।कोरियाको ड्राईभिङ्ग लाईसेन्स बनाउनको लागी शिर्षकमा पेपर बनाउनुहोला।
२ . त्यो पेपर लगेर परराष्ट्र मन्त्रालयको कन्सुलर बिभागमा गई छाप र हस्ताक्षर गरेर ल्याउनुहोस।

नेपाली राजदुतावास सलमा सवारी चालक अनुमति पत्र प्रमाणिकरण गरी कोरियाको यातायात व्यावस्था बिभागमा जानुपर्ने भएकोले पहिले नेपालको लाईसेन्स सउल नेपाली दुतावास बाट प्रमाणिकरण गराउनुहोस।नेपाल सरकारबाट जारी सवारी चालक अनुमतिपत्र प्रमाणिकरण सम्बन्धमा निम्नानुसार कागजातहरु पेश गर्नु पर्दछ।

१ . रीतपूर्वक भरिएको दरखास्त फारम १ प्रति ।
फाराम तलको लिङ्कमा क्लिक गरी डाउनलोड गरी भर्न सक्नुहुनेछ।

https://kr.nepalembassy.gov.np/wp-content/uploads/2017/02/Application_for_Driving_License_Certification_8.pdf
२ . सवारी चालक अनुमतिपत्र सक्कलै ।

३ . सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट जारी लाइसेन्सको सम्पूर्ण विवरण खुल्ने आधिकारिकताको पत्र नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको श्री कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्कल तथा प्रतिलिपि १ प्रति ।
४ . निवेदकको राहदानीको सक्कल तथा प्रतिलिपि १ प्रति ।
५ . आप्रवासी दर्ता कार्ड (Alien Registration Card) को सक्कल र प्रतिलिपि १ प्रति ।

६ . शुल्क

यातायात व्यावस्था कार्यालयबाट दिईएको सवारी अनुमतिपत्र नेपाली राजदुतावास सिओलमा प्रमाणिकरण गर्नको लागी निश्चित शुल्क तिर्नुपर्ने हुन्छ।बिभिन्न कागजात हरु प्रमाणिकरणको लागी लाग्ने दस्तुर हेर्न तलको लिङ्क क्लिक गर्नुहोस।

https://kr.nepalembassy.gov.np/new-rates-of-consular-fees-and-charges-2075-04-09/

माथी उल्लेखित कागजात नेपाली दुतावासमा बुझाईसकेपछाडी दुतावासले सवारी चालक अनुमतिपत्रकोे आधिकारिकता पुष्टिको लागि नेपालको सम्बन्धित निकायमा पठाउछ र आधिकारिकता प्रमाणित भएर आएपछि मात्र दूतावासबाट प्रमाणिकरण हुन्छ।

नेपाली दुतावासबाट कागजपत्र प्रमाणित भएर आएपछी के गर्ने?

१ . नजिकको अध्यागमन बिभागमा गई कोरिया ईन्ट्री र डिपाचर को रेकर्ड माग्नुहोस।जसलाई २००० कोरियन वोन(घटिबढी हुनसक्ने) शुल्क लाग्नेछ।
२ . आफ्नो सबै ओरिजिनल कागजातहरू (फोटो ३ वटा साथमा) लगेर नजिकको यातायात कार्यालय जानुहोस।
३ . यातायात कार्यालयमा फारम दिन्छ भर्नुहोस र नर्मल आँखा जाँच गर्नुहोस।आँखा जाँच गरेको १३,५०० वन (घटिबढी हुनसक्ने) लाग्नेछ ।
४ . बिस मिनेट कुर्नुहोस र कोरियन ड्राईभिङ्ग लाईसेन्स साथमा लिएर जानुहोस।

नोट :

नेपालको ड्राईभिङ्ग लाईसेन्स आबश्यक परेमा प्लेन टिकट सहित यातायात कार्यालय (पहिले जहाँ गएको थियो त्यही)जानुहोस।.