दक्षिण कोरियामा आईफोन १२ तोकिएको समयभन्दा अगावै आउने

सोल

प्रख्यात मोवाइल उत्पादक कम्पनि एप्पलले दक्षिण कोरियामा आफ्नो बहुप्रतिक्षित फोन आइफोन १२ को बिक्री तोकिएको समय अगावै गर्ने श्रोतले बताएको छ ।

स्थानीय टेलीकम सञ्चालकहरुका अनुसार एप्पलले अक्टोबर अन्त्य अथवा नोभेम्बरको सुरुबाट दक्षिण कोरियामा आइफोन १२ को बिक्री सुरु गर्ने छ ।

एप्पलले आफ्नो बहुप्रतिक्षित फोन आइफोन १२ को रिलिज मिति हाल सम्म सार्वजनिक गरेको छैन । जानकारहरु भने आगामी अक्टोबर १३ तारिखमा उक्त फोन सार्वजनिक गरेर २३ तारिखबाट बिक्री खुला गरिने बताउछन् ।

एप्पल कम्पनिले आफ्ना फोनहरु रिलिज गरेको १ महिना पछि मात्र दक्षिण कोरियामा बिक्री खुला गर्दछ । यो नयाँ आइफोन भने कम्पनिको पहिलो फाइभ जी सपोर्ट गर्ने फोन भएको तथा दक्षिण कोरियामा पहिलेबाट नै फाइभ जी प्रयोगमा आएकाले कम्पनिले ब्यापार बढाउन उक्त रणनिति लिएको हुन सक्ने जानकारहरु बताउछन् ।

सन् २०१९ मा विश्वमै पहिलो पटक फाइभ जी सेवा सुरु गरेको दक्षिण कोरियामा हाल ८० लाखको हाराहारीमा फाइभ जी प्रयोगकर्ता रहेका छन् ।

एप्पलले आफ्ना ४ मोडलका स्मार्टफोनहरु बजारमा ल्याउने तयारी गरेको बताइएको छ । आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो तथा आइफोन १२ प्रो म्याक्स सार्वजनिक गर्ने छ ।

दक्षिण कोरियामा स्मार्टफोन को बिक्रीमा सामसुङ पश्चात सबै भन्दा बढी बजार ओगट्ने कम्पनि समेत एप्पल नै हो जसले दक्षिण कोरियाली स्मार्टफोन बजारको १९ प्रतिशत हिस्सा ओगटेको छ ।