दक्षिण कोरियाका सम्पूर्ण पर्यटकीय क्षेत्रहरु बन्द

सोल

हाल दक्षिण कोरियाका अधिकांश पर्यटकीय क्षेत्रहरु तथा जाडोमा गरिने विभिन्न खेल ब्यवसायहरु बन्द गरिएका छन् ।

कोरोना भाइरस संक्रमणको तेश्रो लहर सुरु हुने आशंकाका कारण ति क्षेत्रहरु बन्द गरिएका हुन् । सरकारको उक्त निर्णय पश्चात स्की रिसोर्ट, स्लेडिङ पार्क तथा स्केटीङ सञ्चालन गरिने क्षेत्रहरु प्रभावित हुने छन् ।

सरकारले होटलहरुलाई समेत ५० प्रतिशत मात्र बुकिङ लिन निर्देशन दिएको छ । त्यसै गरि बर्षको पहिलो सुर्योदय हेर्न ठूलो भीडभाड हुने क्षेत्रहरु ज्योंडोनजीन, ग्याङज्योलगट तथा नाम हिमाल लगायतका पर्यटकीय क्षेत्रहरु आगामी जनावरी ३ तारिख सम्म बन्द गर्न निर्देशन दिइएको छ ।

सरकारको निर्देशन पश्चात होटलहरुले आफ्ना पार्टीहलहरु सञ्चालन गर्न पाउने छैनन् । रेष्टुरेन्ट तथा बारहरु समेत बन्द गरिने छन् । मानिसहरुका भेलाहुन सक्ने सम्भावित सबै क्षेत्रहरु बन्द गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

केही दिन अघि मात्र प्रधानमन्त्री चुङ साई क्युनले कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले कडा नियम ल्याउन लागेको जानकारी दिएका थिए । उनले सरकारकाृ उक्त कदममा साथ दिन नागरिकहरुलाई अपिल समेत गरेका छन् ।