सिओल
इपिएस शाखा कार्यालय ग्वार्कोले कोरिया जाने नेपाली श्रमिकको नाम सार्वजनिक गरेको छ ।
शाखाले पुन कोरिया प्रवेश अनुमति पाएका (कमिटेड वर्कर) १ हजार ६८ जनाको नाम सार्वजनिक गरेको हो । योसँगै अव कोभिडका कारण लामो समय बन्द भएको कोरियाको रोजगारी पुन सुचारु हुने सकेंत देखिएको छ ।
कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि कम्बोडिया र श्रीलंकाबाट केही श्रमिक लैजान सुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो ।
नेपाल लगायतका विदेशी श्रमिकलाई लैजाने बारे तयारी भइरहेका बेला कोभिड भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो ।
कोभिड संकटका कारण चैत यता नयाँ र कमिटेड ६ हजार ५ सय नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकिएको छ ।
Ccvi हेर्नको लागी तलको लिङ्क क्लिक गर्नुहोला।