काेरियाले अवैधानिक श्रमिकलाई काेराेना चेक गर्दा धरपकड नगर्ने

सिओल

काेरियामा बसाेबास गर्ने विदेशी वैधानिक तथा अवैधानिक सबै नागरिकलाई अनिवार्य काेराेना भाइरस परिक्षण गर्न काेरिया सरकारले अनुरोध गरेको छ ।

दक्षिण काेरियामा काेराेना संक्रमण दर घटेपनि विदेशी नागरिकमा संक्रमण बढेकाे भन्दै काेरियाले विदेशी नागरिकको लागि अनिवार्य काेराना परिक्षण गर्न सुरु गरेको छ ।

नेपाली राजदुतावास साैलका अनुसार काेरियाकाे कानुन मन्त्रालयले दुताबासलाई एक पत्र लेखेर वैध तथा अवैध सबै श्रमिकहरुलाई काेराेना परिक्षणमा सहभागी गराइदिन अनुरोध गरेको छ ।

काेराेना परिक्षणकाे क्रममा अवैधानिक तथा वैधानिक कुनै नछुट्याउने समेत काेरियाले प्रस्ट पारेको छ ।परिक्षणकाे क्रममा अवैधानिक श्रमिकलाई उक्त समयमा कुनै कारबाही तथा पक्राउ नगरिने काेरियाले बताएको छ ।

काेरिया सरकारकाे अनुरोधलाई पालना गर्दै दुताबासले सम्पुर्ण नेपालीलाई काेराेना परिक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।