मुक्तक प्रतिस्ठान दक्षिण कोरियाले सम्पन्न गर्यो समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती विषयक विचार गोष्ठी !

सौल द. कोरिया

नेपाली मुक्तकको विकास र विस्तारमा लामो समयदेखि क्रियाशील नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले शनिबार ‘समकालीन नेपाली मुक्तकमा सम्भावना र चुनौती विषयक विचार गोष्ठी’ नामक भर्चुअल कार्यक्रम सम्पन्न भएको छ ।

देश तथा विदेशमा रहेर नेपाली मुक्तक लेखन तथा अभियानमा जुटिरहेका १३ जना वक्ता रहेको सो गोष्ठीमा ७७ जना मुक्तकप्रेमी सोताहरूले फारम भरेर सहभागिता जनाएका थिए।

नेपाल मुक्तक प्रतिष्ठान केन्द्रबाट उपाध्यक्ष वियोगी बुढाथोकी, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ शाखाबाट अध्यक्ष बाबुराम पोखरेल र सचिव मदन भण्डारी, नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाबाट उपाध्यक्ष सुरेन्द्र प्रसाईं, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाबाट अध्यक्ष दुर्गा प्रसाद पोख्रेल र सल्लाहकार डा. रूपक श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाबाट अध्यक्ष आनन्द श्रेष्ठ र सल्लाहकार डा. मधुकृष्ण श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखा आयोजकको तर्फबाट निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा, मुक्तक मञ्च पोखराबाट सल्लाहकार दीपक समीप र सल्लाहकार लक्ष्मण थापा, बेल्जियमबाट मुक्तककार सौरभ कारन्जित र नेपालबाट मुक्तक अभियन्ता सुनिल अधिकारीले गोष्ठीको विषयमाथि आफ्ना विचारहरू प्रस्तुत गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष आर एन अधिकारीले र सञ्चालन दिप रावलले गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष आर. पी. सी संगम र प्रविधिमा दिपकराज बन्जाडेले गरेको जानकारी कार्यक्रम संयोजक निर्दोष शिवले दिए।कार्यक्रमले नेपाली मुक्तकको विषयमा निकै प्रभावकारी तवरले निष्कर्ष निकालेको छ, जसलाई हामीले लिखित प्रतिवेदन तयार पारेर साझा गर्नेछौं ।

नेपाली मुक्तकमा रहेका मतभेदको अन्त्य गर्न साथै नेपाली मुक्तक मानक निर्माण गर्न कार्यक्रमले आधारशिला खडा गरेको कुरा जनकारी गराउँदै यस गोष्ठीसँगसँगै निकट भविष्यमै नेपाली मुक्तकको विषयमा विमर्श र अन्तरक्रिया गर्दै ‘नेपाली मुक्तक मानक’ निर्माण गरी मुक्तकलाई सर्वप्रीय विधा बनाउनुका साथै पाठ्यक्रममा मुक्तक समावेश गर्ने योजना सफल पार्न नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले सम्पूर्ण मुक्तकप्रेमीहरूमा अपील गरिएको यस विचार गोष्ठीका कार्यक्रम संयोजक एवम् नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष निर्दोष शिवले जानकारी गराए।