कोरियामा कम्पनी परिवर्तन गरेकाले पनि कमिटेड आउन पाउने कानून पारित

दक्षिण कोरिया

दक्षिण कोरियामा काम गरिरहेका बिदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरेपनि कमिटेड कामदारका रुपमा दोश्रो पटक कोरिया आउन पाउने गरि कानुन बनेको छ। यस्तो व्यवस्थासहितको कानून गत बर्षकै असोजतिर मस्यौदा तयार भएपनि गत बुधबार पारित भएको प्रवासी मजदुर युनियन (एमटियु) ले जानकारी दिएको छ।

उस्तै प्रकृति भएका अथवा एकै किसिमका काम भएको कम्पनी परिवर्तन गरेका विदेशी कामदारले कमिटेड कामदारका रुपमा दोश्रो पटक कोरिया आउन पाउने भएका छन्। यस भन्दा अघिको कानूनमा कम्पनी परिवर्तन नगरी लगातार पहिलो कार्यकाल अर्थात ४ बर्ष १० महिना एउटै कम्पनीमा काम गरेकाहरु मात्र दोश्रो कार्यकालका लागि कमिटेड कामदारका रुपमा कोरिया जान पाउँदथे। तर कम्पनीका कारण अथवा कम्पनी बन्द हुँदा कम्पनी परिवर्तन भएकोलाई काम परिवर्तन भएको गनिदैन थियो।

अबको नयाँ कानून अनुसार उस्तै किसिमको काम भएका कम्पनीमा काम परिवर्तन गरेका कामदारले पनि कमिटेड आउन पाउने बाटो खुलेको एमटियुका अध्यक्ष उदय राईले जानकारी दिएका छन्। तर यस्तो अवस्थामा कमिटेड कामदारका रुपमा आउनका लागि कम्पनी परिवर्तन भएपछिको कम्पनीमा कम्तिमा १ बर्ष काम गरेको हुनुपर्नेछ।

यो कानून बुधवार संसदबाट पारित भएपनि ६ महिनापछि मात्र लागू हुने कोरियामा व्यवस्था रहेको बताइएको छ। दक्षिण कोरियामा प्रवासी मजदुर युनियन (एमटियु), अन्तराष्ट्रिय श्रमिक युनियन, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकार सम्बध्द संघ संस्थाहरु लगाएतले कम्पनी परिवर्तन गरेका सबै विदेशीले कमिटेड कामदारका रुपमा पुन कोरिया आउन पाउनुपर्ने माग राखिरहेका थिए। एमटियुका अध्यक्ष उदय राइले भनेका छन् “हामीले निरन्तर रुपमा कम्पनी परिवर्तन गरेका सबै विदेशी कामदारले कमिटेड कामदारका रुपमा कोरिया पुन आउन पाउनुपर्दछ भन्ने आवाज उठाइरहेका छौं। तर अहिले एकै प्रकृतिको काम परिवर्तन गरेकाहरुलाई कमिटेड आउन दिने कुरा पनि केहि हदसम्म स्वागत योग्य नै छ। तर काम परिवर्तन नै गर्नुपर्ने अवस्था आइसकेपछि कामदारले एकै प्रकृतिको काममै जान्छन भन्ने कुरा निकै कम हुन्छ।”

एमटीयु अध्यक्ष उदय राइको स्टाटसबाट: यस्तो कानुन पारित
आज मार्च २४ तारिक कोरियन संसदबाट इपिएस अन्तर्गतको प्रवासी श्रमिक सम्बन्धि कानुनमा (रोजगार अनुमति प्रणाली ) केही संशोधन गरि पारित भएकोछ .संशोधन गरि पारित भएको बुदाहरु यस प्रकार छन् . (१)सरुवा रोग फैलिएर , प्राकृतिक प्रकोपको कारण कार्य अवधि समाप्त भएर पनि स्वदेश फिर्ता जान नसक्ने र प्रवासी श्रमिक कोरियन प्रवेश गर्न नसकेको अवस्थमा कोरियामा यस्तो प्रवासी श्रमिकको कार्य अवधि १ बर्ष सम्म थप गर्न सकिनेछ .(२)) प्रतिबद्द(Committed) श्रमिकहरु अहिलेसम्म स्वदेश फिर्ता भएपछि ३ महिना पछी मात्र आउन पाउनेमा अब १ महिना काटे पछी आउने पाउनेछ. ३. तोकिएको सर्त पुरा गरेमा कामको प्रकृति एउतै भएको कम्पनीमा (उस्तै कम्पनीमा ) कम्पनि परिबर्तन गरेको छ र सम्झौता अवधि १ बर्ष भन्दा बढी छ भने कमिटेडमा आउन पाउने छ .४ पहिलो पटक प्रवासी श्रमिकले राख्न अनुमति पाएको मालिकले मजदुर कानुन र मानब अधिकार सम्बन्धि शिक्षा लिनु पर्नेछ यी लगायतको कानुन परिबर्तन भएको छ .माथिको १ नम्बरको प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकबाट पारित भए पछी लागु हुनेछ भने बाकी बुढा यहि बैठकबाट पारित भएको ६ महिना पछि लागु हुने भनिएको छ।