एलजी कम्पनीले अब मोबाईल फोन उत्पादन बन्द गर्ने

सिओल कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले अब मोवाइल फोनको व्यापारबाट हात धुने भएको बताएको छ।

बर्षौंदेखि मोबाइल फोनको व्यापारबाट घाटा खाइरहेको एलजीले घाटाको व्यापार नगर्ने निर्णय गरेको सोमबार जानकारी दिएको छ। आफूभन्दा ठूला मोबाइल फोन कम्पनीहरुसँग प्रतिष्पर्धा गर्न नसकेपछि कम्पनीले यस्तो निर्णय गरेको हो।

दक्षिण कोरियाली टेक पावरहाउस एलजीले आफ्नो रेगुलेटरी फाइलिङमा आउँदो जुलाइ ३१ तारिखबाट मोबाइल कम्युनिकेशन युनिटले मोबाइल फोनको उत्पादन तथा विक्री बन्द गर्ने जनाएको छ। रेगुलेटरी फाइलिङमा आफूले मोबाइल फोन इन्डस्ट्रीमा बलिया प्रतिद्वन्दिसँगको प्रतिष्पर्धाका कारण टिक्न गाह्रो भएको लेखेको छ।

करिब २ महिना अघि कम्पनीले आफ्नो मोबाइल कम्युनिकेशन युनिट जुनसुकै सम्भावनाहरुका लागि खुल्ला रहेको जनाएको थियो। एलजी कम्पनीको मोबाइल फोन ब्यापार सन २०१५ को दोश्रो क्वाटरबाटै रेड जोनमा परेको थियो। गत बर्ष यसको सन्चालन घाटा ५ ट्रिलियन वन पुगेको थियो।

कुनै समय एलजी विश्वकै तेश्रो ठूलो मोबाइल फोन निर्माता कम्पनी रहेको थियो। मोवाइल विजनेश टिकाउनका लागि केहि समय अघिदेखि एलजी कम्पनी भियतनामको भिनग्रुप तथा जर्मनको भोल्सवागेन कम्पनीसँग कुरा गरिरहेको थियो। तर उनिहरुसँग कुनै सम्झौता हुन नसकेपछि अन्तत बन्द नै गर्ने निर्णयमा कम्पनी पुगेको हो।

एलजीले बताएअनुसार मोबाइल बिजनेश बन्द हुँदा कम्पनीको रिभेन्यु घटेपनि अन्तत कम्पनीको वित्तिय अवस्था भने राम्रो हुनेछ। एनालिस्टहरुका अनुसार यस निर्णयले कम्पनीको सन्चालन नाफा १ ट्रिलियन वनले यो बर्ष बढ्न सक्दछ। एलजी कम्पनीले केहि बर्षदेखि मोबाइल बिजनेशमा घाटा व्यहोरिरहेको थियो। कम्पनीले आफ्नो स्मार्टफोन बेसलाई भियतनामा सिफ्ट गरेको थियो।

एनालिष्टहरुले बताए अनुसार एलजी कम्पनीले आफ्ना प्रतिद्वन्दी कम्पनीहरु सामसङ तथा एप्पलसँग प्रतिष्पर्धा गर्न सकेन। महङ्गा फोनहरुमा सामसङ तथा एप्पलले तथा सस्ता फोनहरुमा चिनिया कम्पनीले बजार कब्जा गरेपछि एलजी अप्ठ्यारोमा फँसेको हो। मार्केट रिसर्चर काउण्टर पोइन्टका अनुसार गत बर्ष एलजी विश्वको नवौं स्मार्टफोन विक्रेता कम्पनी थियो।

जसले विश्वको २ प्रतिशत मोबाइल फोनको व्यापार हिस्सा ओगटेको थियो। गत बर्ष यस कम्पनीले २ करोड ४७ लाखवटा मोबाइल फोन बेचेको थियो जुन अघिल्लो बर्षको तुलनामा १३ प्रतिशतले कमि हो।ईपिएस साथीमा प्रकाशित समााचार