ईपीएस पिडितले बुझाए प्रधानमन्त्रीका सल्लाहकार भट्टराईलाई ज्ञापनपत्र

सिओल

ईपिएस पीडित परिवारले प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । उचित मापदण्डसहित कोरियाली रोजगार प्रक्रिया सुचारु गरेर रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सिर्जना गर्नको लागि पीडित परिवारले शुक्रबार सिहदरवारमा पुगी ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल र दक्षिण कोरियाको सरकारबीच सम्झौताअनुरुप रोजगार अनुमति प्रणाली ईपिएसअन्तर्गत भाषा र सीप परीक्षण पास गरि हजारौंको संख्यामा युवाहरु कोरियाली रोजगारदाताको छनौटमा परेर (श्रम सम्झौतापनि भइसकेको) जनाईएको छ । तर, कोभिडका कारण २०७६ कै फागुनदेखि हालसम्म स्थगनमा परेर आफूहरु अन्यौलमा परेको पनि उनीहरुले जनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर लेखिएको ज्ञापनपत्रमा भनिएको छ,‘यतिका लामो समय सम्म सम्बन्धित निकाय एवम् मन्त्रालयले कुनै निर्णय र पहलकदमि नगर्दा र सोहीअनुसारको कोरियाली रोजगार प्रक्रिया सुचारु गर्न उच्चस्तरीय तह बाट कोरियाली सरकार संग कुटनैतिक पहल र अनुरोध नगर्दा हाम्रो कोरियाली रोजगार झनै अनिश्चित बन्दै गईरहेको छ’ ।

पीडितहरुले आफूहरुको समस्या समाधानको लागि र प्रधानमन्त्री स्तर बाटै कोरियाली सरकार संग आवस्यक पहल कदमीको लागि डा. भट्टराई लाई आग्रह गरेका छन् । जवाफमा सल्लाहकार भट्टराईले कोरियाली रोजगारको अहिलेको समस्याको बारेमा सम्माननिय प्रधानमन्त्री ज्यु ज्ञात हुनुभएको र यो ज्ञापन पत्र पश्चात थप र अझ सिरियस रुपले नै यो विषय प्रधानमन्त्री ज्युलाइ जानकारी गराउने र कोरियली पक्ष सँग उच्च स्तरिय रुपमै कुटनितिक छलफल चलाउन सहयोग गर्ने बचन दिनुभएको छ ।