कोरियामा पासपोर्ट नविकरण गर्नुपर्यो?पेश गर्नुपर्ने डकुमेन्टहरु के के हुन? (पुरा हेर्नुहोस)

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरिया सरकारले पासपोर्टको म्याद सकिन लागेका विदेशी श्रमिकको भिषा अवधी पासपोर्टको अवधी सम्म मात्र थप्न सकिने नयाँ प्रावधान कायम गरेसंगै दुतावासमा राहदानी नविकरण गर्नेको घुईचो लाग्न थालेको छ।

राहदानी नविकरण गर्नेहरुको घुईचो लाई मध्यनजर गर्दै नेपाली राजदुतावास सिओलले राहदानी नविकरण घुम्ती सेवा सन्चालन गर्ने भएको छ।

दक्षिण कोरियाका बिभिन्न स्थानहरुमा दुतावास कर्मचारीहरु आफै गएर नेपाली श्रमिक हरुको राहदानी नविकरण गर्न सहजिकरण गर्ने भएको छ।

पासपोर्ट नवीकरणको लागि आवश्यक कागजपत्रहरु

पुरानो राहदानी सक्कल ,नागरिकता सक्कल अथवा प्रतिलिपि ,
६ महिना भित्र खिचिएको ३५*४५ मि. मि. साइजको फोटो २ प्रति
(फोटो खिच्दा कुनै गहना वा टोपी लगाएको हुनु हुदैन र ८०-प्रतिशत भाग टाउकोले लिएकोहनु हुनुपर्दछ),ALIEN Registration Card को सक्कल

शुल्क

कोरियन वोन १८७,५०० ( एक लाख सतासी हजार पाचसय )
(राहदानीको म्याद १बर्ष भन्दा कम हुनु पर्छ)

हराएको वा विग्रिएको राहदानीको हकमा थप कागज र शुल्क
सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, र हराएको नम्बर उल्लेखित स्थानीय प्रहरी कार्यलयबाट जारी भएको राहदानी हराएको पुष्टि गर्ने प्रतिवेदन पनि आवश्यक रहेने छ।

शुल्क

दोब्बर लाग्ने छ, ३७,५००० वोन (तिन लाख पचहतर हजार कोरियन वोन मात्र )

थप जानकारीकालागी कार्यालयमा सम्पर्क गर्न सक्नु हुने छ। कार्यालयको नम्बर -010 4848 4923 ,070 4160 0335

घुम्ती सेवा सम्बन्धी थप जानाकारी तल फोटोमा हेर्नुहोस।